दमकमा जग्गा सम्बन्धी विवादमा एकजनाको मृत्यु

दमक, ६ कात्तिक । जग्गा सम्बन्धी विषयलाई लिएर ढुंगा प्रहार गरिदाँ दमकमा आज एक जनाको ज्यान गएको छ ।यसरी ज्यान जानेमा दमक -९ का ३७ वर्षीय देशु भनिने यमु निरौला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परेर गंभीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त आचार्यले बताए । दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद हुदाँ दोहोरी झडप हुनपुगेको थियो । त्यसक्रममा उनी माथि ढुंगा प्रहार गरिएको थियो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक- ३ का वडाध्यक्ष नवीन बरालले बताए । प्रहरीले घटनाका सम्बन्धमा केहि शंकास्पदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.