दमकमा बालक मृत फेला

दमक,२१ असोज । दमक ५ मा एक जना बालक सुतेकै ठाउँमा मृत फेला परेका छन् । दमक वडा न.५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल आज विहान सुतेकै ठाँउमा मृत फेला परेका हुन् । आफनै अढाइ तले घरको तल्लो तलामा बेलुकाको खाना खाई बुवासंगै सुतेका बालक विहान ६ वजे तिर उतानो परी मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.