दमक, १८ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा झापाबाट दुई दर्जन बढीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । झापाका ५ वटै निर्वाचन क्षेत्रबाट विभिन्न क्लस्टरबाट त्यति धेरैजनाले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी आकांक्षीमा क्षेत्रगत रुपमा सवैभन्दा धेरै झापा ५ बाट नाम सार्वजनिक भएको छ । झापा- ५ बाट शुरेस सुब्बा, हुकुमसिंह राई , सत्यनारायण चौधरी ,ढुण्डिराज भण्डारी ,डा. नेत्र बहादुर बुढाथोकी ,रेगिना भट्टराई ,मेदनीप्रसाद सिटौला , रामकुमारी पौडेल,सरिता पौडेल, अनिलकृष्ण प्रसाई , रोहित साह लगायत रहेका छन् ।
यसैगरि, महिला तर्फबाट उमा शिवाकोटी , सीतादेवी पौडेल ,३५ वर्ष मुनिको क्लस्टरबाट रुवि सिटौला , निरज दुलाल , पेशागत र विज्ञ क्लस्टरबाट विज्ञान प्रसाई , अपांगताबाट उत्सव ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै, ,वीरमणि ढकाल ,जगदीश काफ्ले लगायतले पनि उम्मेदवारी दिने बुझिएको छ ।
कांग्रेस झापा जिल्ला सभापति देउमान थेबेले झापाबाट ठूलो संख्यामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए । हालसम्म २२ जनाले आकांक्षा व्यक्त गरेको बताउँदै उनले उम्मेदवार को को बन्ने भनेर सोमबारसम्म यकिन हुने जानकारी दिए ।
झापाबाट महाधिवेशन प्रतिनिधि , गाउँ , नगर , क्षेत्र, क्षेत्र प्रदेशसभाका सभापति गरी १९५ जना महाधिवेशनमा सहभागी भएका छन् ।