शुभारम्भ शाकोसको साधारणसभा शुरु

दमक,१५ असोज । दमक ६ स्थित देवकोटा चौकमा रहेको शुभारम्भ बचत तथा ऋण सहकारीले शुक्रवारदेखि ११ औ बार्षिक साधारणसभा शुरु गरेको छ ।
आज संस्थाले साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको व्यवस्थापक लोचन ढुंगानाले बताए । प्रतिवेदन पुस्तिकाको संस्थाका अध्यक्ष गुरुभक्त ढुंगाना र सल्लाहकार संयोजक डाक्टर घनश्याम सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
संस्थाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध रुपमा साधारणसभा सम्पन्न गरिने व्यवस्थापक ढुंगानाले बताएका छन् ।
साधारणसभाका कार्यक्रम अनुसार शुक्रवारदेखि प्रतिवेदन वितरण शुरु भई १७ असोजसम्म ,१८ गते शेयर सदस्यहरुबाट आवश्यक सुझाव समेत संकलन र १९ गते मंगलवार औपचारिक रुपमा साधारणसभा समापन गरिने उनले बताए ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा सहकारीका सञ्चालक ,विभिन्न उपसमिति,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कोरोना महामारीका बाबजुद कारोवारमा वृद्धि
दमक नगर भित्र कार्य क्षेत्र रहेको सो सहकारीमा ५१२ पुरुष र ३९७ महिला गरि कुल ९०९ जना शेयर सदस्य रहेका छन् । संस्थाको गतवर्षसम्म शेयर पूंजी १ करोड ११ लाख ९० हजार पुगेको छ । यसैगरि कोरोना महामारीका बाबजुद सहकारीले कारोवार वृद्धि गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । गत आव २०७७-०७८ मा कुल वचत मौज्दात ७ करोड ६९ लाख ५६ हजार ७५४, कर्जा ७ करोड १७ लाख ७२ हजार १७२ गरेको प्रतिवेदनमा उल्लेख छ ।
सदस्य केन्द्रीत कारोवार गरिआएको सो सहकारीले आफना शेयर सदस्यहरुलाई थप सुविधा पुरयाँउन जोड दिदै समुदायमा समेत सामाजिक कार्यहरुमा सेवामुखी कार्यक्रमहरु सञ्चालन गरिआएको अध्यक्ष ढुंगानाले बताए ।

Leave a Reply

Your email address will not be published.