
दमक, ६ असोज । झापाको कमल गाउँपालिका -५ बसन्तचौंक स्थित बस्तीविकास बचत तथा ऋण सहकारी संस्थाको बुधबार छैठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोभिड महामारीका कारण स्वास्थ्य सावधानी अपनाउदै यसवर्ष प्रतिनिधिमूलक ढंगले सम्पन्न गरिएको व्यवस्थापक किशोर गुरागाईले बताए ।
साधारणसभा उद्घाटनमा संस्थाकी अध्यक्ष कमलादेवी बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा संयोजक देवराज बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझाव सहित पारित गरिएको थियो ।
सो अवसरमा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य ,उत्कृष्ठ कर्मचारीसहित १९ जनालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको संस्थाका सचिव भुपेन्द्र लावतीले बताए । यसरी पुरस्कृत हुनेमा साधारण बचत तर्फ खगेन्द्र धिमाल,खगेन्द्र लिम्बू , पदम थापा, अवधि वचत तर्फ प्रकाश पराजुली, दिर्घकालीन पेन्सन बचत तर्फ बैजनाथ सहनी, ज्येष्ठ नागरिक बचततर्फ टुकमाया दर्जी,देवका नेपाललाई पुरस्कृत गरियो । यस्तै, बालबचत तर्फ प्रितम राई, अनुष्का ताजपुरिया,संयम धिमाल ,उत्कृष्ठ कर्जातर्फ दिपेन्द्र सिटौला,विज्ञान गुरुङ,गरवति राजवंशी, रिता कार्की र मासिक बचततर्फ इन्द्र लोहनी र जानुका श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।
यस्तै, संस्थाले वजार प्रतिनिधिबाट स्वेच्छिक रुपमा अवकास लिएकी बर्षा पोख्रे्रललाई विदाई गर्नुका साथै ५ बर्षदेखि संस्थामा अनवरत रुपमा क्रियाशील कर्मचारीद्धय शुष्मा राई र अमृता थापालाई समेत पुरस्कृत गरिएको सचिव लावतीले वताएका छन् ।
४०२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूंजी ५२ लाख ४ हजार ६ सय पुगेको छ । यस्तै, निक्षेप मौजाद १ करोड ४७ लाख १२ हजार ६ सय ५२,जम्मा आम्दानी ३३ लाख ८० हजार ४ सय ८६ , जम्मा खर्च २६ लाख ७० हजार ९३९ र खुद नाफा ७ लाख ९ हजार ५ सय ४८ रुपैया कारोवार भएको व्यवस्थापक किशोर गुरागाईले बताए ।