युनाईटेड शाकोसको २२ औं बार्षिक साधारणसभा सम्पन्न

दमक,३ असोज । झापाको कमल गाउँपालिका- ५मंगलवारेस्थित यूनाईटेड बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि शुक्रवार २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
स्थानीय लखनपुर रेडक्रस उपशाखाको  सभाहलमा आयोजित सभामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरु, बाल बचतकर्ताहरु,ज्येष्ठ शेयर सदस्यहरु, एसईइमा उच्चतम अंक ल्याई उतीर्ण हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष ललितकुमार वान्तवाको अध्यक्षता तथा सहकारी समन्वय समिति कमल ५ का सचिव बासुदेव चापागाईको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा संस्थाका तर्फवाट अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा समितिका तर्फवाट संयोजक भानुभक्त निरौलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदन सभाको वन्दसत्रले सुझावसहित पारित गरिएको सहकारीका उपाध्यक्ष विरेन्द्र तिवारीले जानकारी दिए ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य बालकृष्ण गौतम, सामाजिक अगुवा सुरेन्द्र जवेगु,डम्बरध्वज लिम्बू, देवी राई लगायत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
७१५ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूंजी ७७ लाख ४० हजार ४ सय ,३ करोड ७६ लाख ८६ हजार १ सय ३६ रुपैया निक्षेप तथा ३ करोड ३७ लाख २९ हजार ८ सय ७४ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, विभिन्न कोषहरुमा ३६ लाख ३० हजार २० रुपैया, वासलात ४ करोड ९२ लाख १३ हजार ६ सय ४० रुपैया पुगेको संस्थाका व्यवस्थापक दुर्गाप्रसाद नेपालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.