दमक,२६ भदौ । दमक- ६ मा मुख्य कार्यालय रहेको नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दमकले बुधबार आफनो २५ औं वार्षिक साधारण सम्पन्न गरेको छ ।
दमक ५ स्थित मारवाडी सेवा समितिको हलमा भएको सभामा संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाले संस्थाको बार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक कमल राज भटराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सहकारीको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक धनकुमारी पौडेलले बताईन् ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा सहकारीका परिवारबाट हालैका एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने आयुसा निरौला र निरोज तिम्सिनालाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि, उत्कृष्ठ कर्मचारीका रुपमा संस्थाका वजार प्रतिनिधि कृष्ण प्रसाद खतिवडालाई समेत नगद सहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको सञ्चालक समिति सदस्य रत्न धिमालले जानकारी दिए ।
सोहि अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु जीवन थापा मगर,इन्द्रमाया कुमाल,पवन शाह,शारदा विश्वकर्मा र धनकुमारी राई लगायतलाई पुरस्कृत गरिएको थियो ।
सभाको उद्घाटनमा प्रमुख अतिथि ढकालसहित जिल्ला सहकारी संघ झापाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, मेची बहुउद्देश्यीय सहकारीका सचिव राजेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१३३० जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी २ करोड १९ लाख ६७ हजार ९ सय,जगेडा कोषमा २ करोड १५लाख १३ हजार ८ सय ६७,अन्य कोषमा १ करोड ९४ लाख ८५ हजार ८ सय ७७ रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि, संस्थाको वासलात २३ करोड ९६ लाख १८ हजार ४ सय ८२ रहेको जनाईएका छ ।