-डा. लेखनाथ न्यौपाने
डिमेन्सिया अथवा विर्सने रोगलाई नै अल्जाइमर पनि भनिन्छ । तर अल्जाइमर नै डिमेन्सियाको सबै कारण भने होईन । डिमेन्सियालाई मानिसहरु मानसिक रोगसँगै मिसाएर हेर्ने गर्छन । तर, यो रोग भनेको विशेष गरेर बुढेसकालमा देखापर्ने एक प्रकारको समस्या हो । दिमागमा भएका असख्य कोष(न्युरोन) मध्ये केहि न्युरोन या मस्तिष्कको सानो भागले स्मरण शक्तिलाई कायम राख्न नसकेको अवस्था हो । यो अवस्था भनेको निक्कै पिडादायी अवस्था हो डिमेन्सिया मानसिक रोग नभएर एक प्रकारको मस्तिष्कको असहज अवस्था हो । आप्mना विगत विशेष गरेर वर्तमानहरुलाई सम्झन नसक्नु हो । दैनिकी विर्सनु हो । खाए नखाएको विर्सनु हो । अहिले के काम गरें सम्झिन विर्सनु हो । सरसफाई विर्सनु हो । आफन्त
चिन्न नसक्नु हो । सधै हिँडिरहने बमटो विर्सनु हो अर्थात हराउनु हो ।
डिमेन्सीया विस्मृतिको एक प्रकार हो । यो अवस्था विशेष गरि मस्तिष्कसँग सम्बन्धित छ । सन् १९०६ मा जर्मनी निवासी एलोइस अल्जाइमरले एकजना असामान्य महिलाको अवस्थाको अध्यायन गरेर पत्ता लगाएका हुनाले यो अवस्थालाई अल्जाइमर पनि भनिन्छ । यो समस्याले मानव मस्तिष्कमा रहेका स्नुयु कोशिकालाई क्षति पुर्याउछ । यी कोशिका क्षतिका कारण सम्पूर्ण मस्तिष्क विशेष गरेर स्मरण ताजा राख्ने भागहरु कमजोर हुन पुग्छन् । यसको परिणमा मानिस विस्मृतिको अवस्थामा पुग्दछ ।
कारणहरु:संसारका प्राणी मध्ये सबै भन्दा उच्च स्मरण शक्ति भएको मानिस नै हो । उमेरसँगै मानिसका मस्तिष्क कोषहरुमा कडापन देखापर्ने र आकारमा खुम्चिने हुन्छ । यसको प्रमुख कारण मस्तिष्क कोषहरुलाई चाहिने आवश्यक पौष्टिक तत्वको र रक्त सञ्चारको कमी हुनु हो । साथमा निस्क्रिय जीवाशैली एउटा कारण हो । विभिन्न रोगका कारण लगातार औषधीको सेवन, लामोे समयसम्म तनावमा रहनु । निद्रा नलाग्नु, मस्तिष्क घात, उच्च रक्तचाप, पटक पटक टाउँकामा चेट लग्नु, पौष्टिक खानेकुराको कमी, लामो समयसम्म एक्लो हुनु या परिवारमा रहेर पनि एक्लै भएको महशुस गर्नु, अल्कोहल जन्य पदार्थको अत्यधिक सेवन, कुनै प्mइाक्ट्रीमा जस्तै ग्यास, कोइला या अन्य रसायनिक क्षेत्रमा काम गर्नु । यौन इच्छा भएर पनि आवश्यकता पूरा नहुनु हो । यस्ता धेरै कारण्हरुले विर्सिने रोग लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
लक्षणहरु : आप्mनो दैनिकीमा क्रमश असहजता या कठिन हुँदै जानु, अहिले गरेको काम के भनेर विर्सिनु या के गर्न गएको भन्ने नै विर्सिनु, बाटो कता या सधै हिँडेको बाटो विर्सनु, काम गरेकै भए पनि गरें गरिन भनेर सम्झिन नसक्नु, कन्फिडेन्स गुमाउदै जानु, अफिसमा या अध्यपनमा भए राम्रो परफरमेन्स देखाउन नसक्नु । परिवारजनको नाम के, या आप्mनै नाम विर्सनु, परिवारका सदश्यलाई नचिन्नु, खाएको कुरा विर्सनु र खाएकै छैन् भन्नु ।
डिमेन्सीया विस्मृतिको एक प्रकार हो । यो अवस्था विशेष गरि मस्तिष्कसँग सम्बन्धित छ । सन् १९०६ मा जर्मनी निवासी एलोइस अल्जाइमरले एकजना असामान्य महिलाको अवस्थाको अध्यायन गरेर पत्ता लगाएका हुनाले यो अवस्थालाई अल्जाइमर पनि भनिन्छ । यो समस्याले मानव मस्तिष्कमा रहेका स्नुयु कोशिकालाई क्षति पुर्याउछ । यी कोशिका क्षतिका कारण सम्पूर्ण मस्तिष्क विशेष गरेर स्मरण ताजा राख्ने भागहरु कमजोर हुन पुग्छन् । यसको परिणमा मानिस विस्मृतिको अवस्थामा पुग्दछ ।
………………………………………………………………………………………………………..
अझ विरामले च्याप्दै लैजादा दिसा पिसाव ठाउँमा जानुपर्छ भन्ने नै विर्सनु । अझ अवस्था जटिल हुँदै जादा दिसा पिसाव हातमा खेलाउनु जस्ता अपत्यारिला तर सत्य अवस्थाहरु विरामीमा देखिन थाल्छन् । यो अवस्थामा विरामी व्याक्तिलाई केहि थाहा हुँदैन । उसले जानीजानी गरेको हुँदैन् । उसको सोच्ने, सम्झिने, यो गर्नु हुँदैन भन्ने कुरा नै दिमागले दिसोवोध गर्न सक्दैन् । यस्तो अवस्थामा विरामीलाई दोष देखाउनु हुँदैन । किनकी उसलाई चलाउने मस्तिष्कले नै काम गरिरहेको हुदैन् । उसलाई माया र रेखदेखको आवश्यकता हुन्छ । पौष्टिक खानेकुराको आवश्यकता पर्छ । पौष्टिक खानेकुराले मस्तिष्कलाई अरु कमजोर हुनबाट बचाउँछ र रोग अरु वढेर जादैन ।
उपचार : विर्सने रोगबारे धेरै अध्यायन र अनुसन्धान भए तर पनि यस अवस्थाको पूर्ण उपचार या औषधी पत्ता लाग्न सकेको छैन् । त्यसैले यो अवस्थामा घरपरिवारका सदस्यले सकारात्मक भएर विरामीलाई रमाइला कुरा गरेर हसाउँने, हिँड्नसक्ने भए आफैसँग पहिले हिँडेका ठाउँमा लैजाने, पुराना साँथीसँग भेट गराउने, पहिलेका र अहिलेका कुरा गर्ने । जसले गर्दा केहि कुराहरु सम्झिने र विरामीमा केहि सुधार हुने सम्भावन रहन्छ । विरामीमा अन्य कुनै रोग भए समयमै उपचार गर्ने । विरामीलाई सफासुघर राख्ने, अगाडी सुन्दर फुल, हसिला उनकै या परिवारका फोटा राख्ने ताकी उनले आप्mना सन्तान चिन्न सकुन, आफुलाई चिन्न सकुन । किनभने डिमेन्सियाले पिडादायी अवस्था हो । मानिसले आफैलाईसम्म विर्सिएपछि कति पीडा हुन्छ घर परिवार र आफन्तमा । हो, परिवार समाज र आफन्त जनमा यस्तो देखिन्छ भने सक्दो सहयोग गर्नुपर्छ । परिवारका सदस्यलाई सान्तवना र राम्रो व्यवहार गर्न सुझाउनुपर्छ । के थाहा भोलि आफुलाई पनि पर्नसक्छ । यसका साथै नियमित जाँच र चिकित्सकको सहयोग लिनुपर्छ । अन्य रोग भए औषधी आफैले ख्वाउनुपर्छ । विरामीले त खाने सम्भावना हुँदैन् । हरेक कुरामा ख्याल राख्नुपर्छ । कतै हिँडिदिएर हराउने डर पनि रहन्छ । त्यसैले निजले लगाउने कपडाको गोजिमा नाम र ठेगाना अनि फोन नम्बर भए राखिदिनु पर्छ । कदमकदाचित घर बाहिर गएर फर्किन नसकेमा बटुवाले सम्पर्क गरिदिने आधार पाउने छन् ।
साथमा पोशिला खाने कुरा सम्भव भए हाडे बदाम, ओखर, सक्खर, च्याउ, थोरै घिउ, दुध बेसार ख्वाउनु रोकथामको उपाय हो । लामो अध्यायन र धेरै डिमेन्सिया भएका विरामीमा गरिएको अनुसन्धान अनुसार होमियोप्याथिक औषधी निक्कै उपयोगी देखिएको छ । सम्भव भए चिकित्सकसँग सम्पर्क गरेर अरु औषधीसँगै यो औषधी पनि खुवाउनु पर्छ । यसले अवस्था अरु विग्रीन दिदैन । सामान्य योग, व्यायम, मनोरञ्जन अनि घुम्न जाने या लैजाने बानी गर्नु राम्रो हो । व्यायमले मस्तिष्कमा रक्तसंचार वढन गई विरामीमा सुधार ल्याउन सक्छ । त्यसैले डिमेन्सिया हुनबाट सक्दो बचौँ र बचाऔँ । समान व्यवहार गरौ अनि मानवताको परिचय दिउँ । (लेखक, दमकस्थित रीता होमीयो क्लिनिक सेन्टरका सञ्चालक हुन् । )