कियाचु कमल शाखा अध्यक्षमा दिवस लिम्बू चुनिए

दमक,२५ भदौं । किरात याक्थुङ चुम्लुङ ( कियाचु ) कमल शाखाको अध्यक्षमा दिवस लिम्बू चुनिएका छन् । भदौ १८ गते सम्पन्न दोस्रो गाउँ अधिवेशनको कार्य समिति चयनको प्रक्रिया आज निर्वाचन कार्यक्रम मार्फत लिम्बूको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिका निर्विरोध चयन गरिएको हो ।
कार्य समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः मावोहाङ् अमर लिम्बू, शुकबहादुर लावती, बविन आङ्देम्बे र शान्ता लावती लिम्बू चयन भएका छन् भने सदस्यहरुमा रामकुमार लिम्बू, सुमन सोदेम्बा, सुरेन्द्र आङ्देम्बे, दिलकुमारी राई आङ्देम्बे, खगेन्द्र आङ्देम्बे, छत्र सावदेन, अनुशा लाबुङ् र भिमबहादुर लावती चयन भएका छन् । बाँकी सदस्यहरु गाउँ कार्य समितिको पहिलो बैठकले मनोनयन गरी २१ सदस्यीय कार्य समिति पूरा गर्ने समेत जनाइएको छ ।
नवनिर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक सेसेहाङ् फियाक लिम्बूले पदीय जिम्मेवारीको शपथ ग्रहण गराएका थिए भने निर्वाचित प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिम्बूले पदीय प्रतिवद्धता मन्तव्य राखेका थिए भने कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, निर्वतमान अध्यक्ष पुण्यकुमार सम्बाहाङ्फे, सल्लाहकार बलनाथ नाल्वो लगायतकाले बधाई ताथ शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन समिति सदस्य सूर्य यक्पान्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.