दमक,२५ भदौं । नेपाली कांग्रेस दमकका वडा सभापतिहरुले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुवीच वडाका समस्याहरुका बारेमा आपसी समन्वय नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
दमक नगरका १० वटै वडा सभापतिहरुकै १९ गतेको बैठकले पार्टी संगठनका विभिन्न चार वटा समसामयिक विषयहरुमा समिक्षा गर्दे पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुवीच तारतम्य अभाव भएको निष्कर्ष निकाल्दै त्यसका लागि नगर समिति, क्षेत्रीय समिति, निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश समितिलाई आवश्यक समन्वय गरिदिन माग गरेका हुन् ।
बैठकले आसन्न मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि पार्टी सम्वद्ध कार्यकर्ता, अगुवा नेतृत्वहरुले सामाजिक सञ्जालमार्फत पार्टीलाई आँच आउने गरि विभिन्न टिका टिप्पणी ,विचार व्यक्त गरिआएको र त्यसले पार्टी संगठनमा नै गंभीर असर पुग्ने भन्दै त्यसमा समेत पार्टी उपल्लो तहको ध्यानाकर्षण गराउने निर्णय भएको दमक ४ का सभापति राजेन्द्र सिटौलाले जानकारी दिए।
सैगरि ,बैठकले दमकका विद्यालय व्यवस्थापन समिति गठन प्रकृयामा पार्टी उपस्थिति न्यून भएको र विद्यालय नेतृत्वमा चासो दिन समेत पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने तथा पार्टी वडा सभापति वीच आपसी समन्वय गर्ने आलोपालो संयोजक चयन गर्ने पूर्व निर्णय अनुसार दमक ३ का वडा सभापति गोपाल गिरीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको निर्णयमा उल्लेख छ । वडा सभापतिहरुको निर्णय पार्टी नगर समिति, क्षेत्रीय समिति, प्रदेश समितिलाई समेत बोधार्थ दिईएको जनाईएको छ ।