झापा ,२१ भदौं । दमककी दन्त चिकित्सक डा. सोफिया थुलुङ राई झापाको बिर्तामोडमा सम्मानित भएकी छन् । किरात राई यायोक्खाले आफनो आफनो नवौं जिल्ला अधिवेशन उद्घाटनका अवसरमा शनिवार उनीसहित विभिन्न क्षेत्रका १० जना अग्रजहरुलाई सम्मान गरेको हो । चिकित्सा क्षेत्रमा रहेर समाजमा किराँत राई समुदायको प्रतिष्ठा उचो बनाएको ठहर गर्दै डा. थुलुङलाई सम्मान गरिएको हो ।दमक थुलुङ डेन्टलकी सञ्चालिका समेत रहेकी उनी स्व. डा. सहदेव थुलुङकी सुपुत्री हुन् ।
सोहि अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील अर्जुनधारा निवासी दिपीन राई र झापाका विभिन्न सरकारी कार्यालयमा अधिकृत तहमा कार्यरत आठ जनालाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरपालिकाको पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरपालिकाको योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई र कृषि विकास बैंक गौरादह शाखाका प्रमुख विकास राई छन्।् ।
त्यस्तै काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडका प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख निशान राईलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।
किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्य र यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा कोशी प्रदेश अध्यक्ष पारसमणी राई, राजनीतिक दलका तर्फबाट मणिकुमार साम्पाङ राई (विजय), सल्लाहकारका तर्फबाट दिलिप राई, आदिवासी जनजाति महासंघ झापाका पूर्वअध्यक्ष प्रेम घिसिङ ,किरात याक्थुम चुम्लुङका अध्यक्ष सेसेहाङ फियाकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।