कांग्रेस सभापति थेवे हङकङमा व्यस्त

दमक,२१ भदौ । हङकङको भ्रमणमा रहेका नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवे निकै व्यस्त रहेका छन् ।
महिना दिन लामो बेलायतको पारिवारिक भ्रमण पछि साता दिन अघि मात्र हङकङको भ्रमणमा आएका उनी पार्टी,परिवार तथा शुभचिन्तकहरुको कार्यक्रममा सहभागिको हुने क्रमले व्यस्त भएका हुन् ।
निकै प्रभावशाली नेता मानिने थेवेको सम्मानमा आज साँझ मात्र त्यहाँको याक्थुङ मुन्धुम अध्ययन प्रतिष्ठानले भव्य कार्यक्रमको आयोजना गरेको छ । उनले हङकङमा बस्दैआएका याक्थुङ लिम्बू समुदायहरुको सामाजिक क्षेत्रमा पुरयाँउदैआएको योगदान प्रशंसनीय भएको जोड दिए ।
सम्मान पछि बोल्दै उनले विकासको तीव्र गतिमा बढ्दैगएका हङकङको विकासलाई हामी नेपालीले पनि कार्यान्वयन गर्न सके देशको मुहार फेर्न टाढा नभएको विचार राखे ।
कार्यक्रममा त्यहाँ बस्दैआएका लिम्बू समदायका अगुवाहरुले प्रवासको समस्या, नेपालको विविध विषयमा आआफना विचार राखेका थिए ।
प्रतिष्ठानले उनको सम्मानमा च्याबु्रङ नृत्य प्रस्तुत गरेर सांस्कृतिक पहिचान झल्काएका थिए ।
यसैगरि नेता थेवेले पार्टी सम्बद्ध प्रवासी सघसंगठनका प्रतिनिधिहरुसंग पार्टी र प्रवासी कार्यकर्ताहरुवीचको सम्बन्ध सुढृण बनाउनु पर्ने खाँचो रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published.