-डा. लेखनाथ न्यौपाने
औषधीको उच्च शक्तिले कमजोर शक्ति भएको हाम्रो रोगका लक्षणहरुलाई जीवनी शक्तिको सहयोगले हटाउने(रिपेल) गर्ने काम गर्छ र मानिस स्वस्थ हुन्छ । प्रश्न के उठ्छ भने, आखिरी त्यो अदृश्य शक्ति जसलाई होमियोप्याथिक औषधी भनिन्छ के हो र कसरी बनाइन्छ ? औषधी हाम्रै वातावरणमा, हाम्रै वरपर पाइने वनस्पती, रसायन, विभिन्न जनावरका विष, स्वास्थ व्याक्तिका शरिरबाट निस्कने रस आदिबाट बनाइन्छ । माथि भनिएका स्रोतहरुबाट तिनीहरुमा रहेको औषधीय तत्वलाई मात्र छान्ने काम गरिन्छ । यो प्रकृयालाई डाइनामाइजेसन या पोटेन्टाइजेसन भनिन्छ । यसमा औषधीय गुण भएका वस्तुको आवश्यक मात्रामा अल्कोहलमा मिसाएर रस तयार गरिन्छ । त्यो रसलाई मदर टिन्चर भनिन्छ । तयार पारिएको मदर टिन्चरलाई पनि एक भाग मदर टिन्चर र ९९ भाग अल्कोहल मिसाएर नियम अनुसार तलमाथी गरेर हल्लाइन्छ । पुनः एक भाग हल्लाएको अल्ल्कोहल र ९९ भाग शुद्ध अल्कोहल मिसाएर हल्लाइन्छ । यस प्रकार कयौपटक यही प्रकृया दोहोर्याएपछि औषधीको शक्ति ३०, २००, १००० आदि हुँदै जान्छ । यसलाई साधारण भाषामा एम्जी जसरी बुझन सकिन्छ । फरक यति हो की एलोप्याथिकमा कच्चा औषधीको मात्रा धेरै भएमा धेरै एम्जी भनिन्छ भने होमियोप्याथिकमा त्यही कच्चा औषधीको निको पार्ने शतिmको सबै भन्दा सुक्ष्म मात्रालाई धेरै एम्जी भनिन्छ जस्तै २००, १०००, १००००० या लाख पावर । यसको उदाहरणमा, हामी अणुलाई जसरी सुुक्ष्म रुपमा टुक्राएर अधिक शक्तिशाली बम या अन्य अस्त्र बनाउन सक्छौ त्यसरी नै होमियोप्याथिक औषधी पनि बनेका हुन्छन् । र, यी अदृश्य शक्तिमा अझधेरै शक्ति रहेको हुन्छ । हाम्रो शरीरमा रहेका रोगका कारण हटाउन सक्ने क्षमता हुन्छ र रोगी त्यो रोगबाट सधैका लागि मुक्त हुन्छ ।
आजका दिनसम्म आइपुग्दा कुनै पनि चिकित्सा पद्धति पूर्णरुपमा सफल छैनन् । हरेकका आ–आप्mनै कमी कमजोरी र असफलता छन् । त्यसैले यस्ता कमी कमजोरीलाई पूरा गर्न पुरक चिकित्साको आवश्यकता पर्दछ । यसै सन्र्दभमा खोज भएका विभन्न चिकित्सा मध्ये होमियोप्याथिक सबैभन्दा भरपर्दो र सुलभ चिकित्सा हो । विश्वका धेरै देशले यसको महत्व र फाइदा बुझेर देशको स्वास्थ्यमा सुधार ल्याउन एकिकृत चिकित्सा अपनाएका छन् । पछिल्लो समय भारतले यस्तो प्रकृया लागु गरेपछि उपचार सेवा गाउँगाउँसम्म सहज र सुलभ भएको पाइएको छ । एकिकृत उपचार सेवा हरेक अस्पतालमा अपनाउन सके निको हुन नसकेका विरामीले त्यहीबाट अर्को चिकित्सा सेवा पाउने छन् । यसो गर्दा विरामीमा देखिने कमी कमजोरी र रोगका कारण पत्ता लगाउन सहज हुन्छ र उ जचाउन आएको अस्पतालबाटै निको भएर जान्छ । धरैवटा अस्पताल र निजी अस्पताल कमैले मात्र धाउने पर्ने हुन्छ र साथमा समय र पैसाको पनि बचत गर्न सकिन्छ ।
समानले समानको उपचार या सिमिलिया सिमिलिवस क्युरेन्चर भन्ने सिद्धान्तमा आधारित होमियोप्याथी एउटा चिकित्सा पद्धति हो । होमियोप्याथीलाई टुक्राएर अर्थ लगाउँदा यस्तो अर्थ लाग्छ । होमियोज – सिमलिर र प्याथोज – रोग अथवा उस्तै रोगका लक्षणहरु उत्पन्न गराउन सक्ने औषधीय तत्व जसलाई होमियोप्याथी नाम दिइयो । विश्व स्वास्थ संगठनले सुरक्षित, कम खर्चिलो र स्वस्थ मानव शरीरमै औषधीको परीक्षण गरिने यो चिकित्सा विज्ञानलाई सवैभन्दा आधुनिक चिकित्सा पद्धति भनेर मान्यता दिएको छ । सबै उमेर वर्ग र लिङ्गमा सहजै विना कुनै कुप्रभाव प्रयोग गर्न सकिने, पुराना भन्दा पुराना रोगहरुको पनि सहजै उपचार गर्न सकिने यो चिकित्सा विज्ञान विश्वका सबै देशमा अपनाइएको छ । त्यसमा पनि दक्षिण एशियाली मुलुकमा सबैभन्दा धेरै अपनाइएको छ । यो चिकित्सा विज्ञानको सबैभन्दा राम्रो पक्ष भनेकै कम खर्चमा विनाकुनै कुप्रभाव, विनाकुनै अप्रेशन सामान्यदेखि जटिल रोगीको उपचार गर्नु हो ।
सन १७९६मा जर्मनीबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्धति संसारका सबै देशमा फैलिएको छ । सुरक्षित चिकित्सा पद्धतिका रुपमा फैलिनु यो चिकित्सा विज्ञानको राम्रो पक्ष हो । यो चिकित्सा विज्ञानमा रोगका कारण ब्याक्टेरिया, भाइरस, फंगस या कुनै परजिवी मात्र मानिदैन । रोगको मुख्य कारण भनेको त हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको कमी हुनु हो । शरीरले आफै रोगसँग लड्ने क्षमता राख्छ । विरामी भए पनि केहि दिनमा आफै ठिक हुन्छ । यो प्राकृतिक शतिmलाई होमियोप्याथिक सिद्धान्तमा भाइटल फोर्स, जीवनी शक्ति, इम्युनिटी भनिएको छ । यही जीवनी शतिmमा विभिन्न बाहिरी या भित्री कारण र शारीरिक असन्तुलनका कारण कमी हुन गएमा रोग लाग्ने या मानिस विरामी पर्ने गर्दछ । माथि भनिएको असन्तुलन या विचलित भएको जीवनी शक्तिलाई होमियोप्याथिक सुक्ष्म औषधीको सेवनबाट ठीक ठाउँमा ल्याउन सकिन्छ । र रोगी निको हुन्छ भन्ने मान्यता रहेको छ ।
जसरी हाम्रो शरीरलाई भौतिक रुपमा मात्र देख्न सक्छौं तर बिचार इच्छा भावना अनि जीवनी शक्तिलाई देख्न सक्तैनौं त्यसरी नै होमीयोप्याथिक औषधीलाई पनि हामी एलोप्याथिक या आर्यूवैदिक औषधीको जस्तो देख्न सक्तैनांै । हामीले खाने होमियोप्याथीक औषधीका थोपा या साना सेता गोली औषधीको अदृश्य शक्तिलाई हाम्रो मुखसम्म पुर्याउने माध्यम मात्र हुन् । औषधी त यति सुक्ष्म रुपमा हुन्छ कि तिनै थोपा या गोलीमा समाहित भइसकेका हुन्छन । र तिनै समाहित गोली या थोपाका माध्यम बाट औषधीको अदृष्य शक्ति हाम्रो शरीरमा प्रवेश गर्छ । त्यो अदृष्य शक्ति यति शक्तिशाली हुन्छ कि हाम्रो शरीरमा भएका या लागेका रोगका लक्षण र चिन्ह हराएर जान्छन र हामी स्वस्थ हुन्छौं । यसमा शरीरमा भएका रोगका लक्षण र चिन्हका आधारमा उस्तै लक्षण र चिन्ह भएको औषधीको प्रयोग गरिएको हुन्छ ।
समानले समानलाई नास गर्छ भन्ने सिदान्त अनुसार औषधीको उच्च शक्तिले कमजोर शक्ति भएको हाम्रो रोगका लक्षणहरुलाई जीवनी शक्तिको सहयोगले हटाउने(रिपेल) गर्ने काम गर्छ र मानिस स्वस्थ हुन्छ । प्रश्न के उठ्छ भने, आखिरी त्यो अदृश्य शक्ति जसलाई होमियोप्याथिक औषधी भनिन्छ के हो र कसरी बनाइन्छ ? औषधी हाम्रै वातावरणमा, हाम्रै वरपर पाइने वनस्पती, रसायन, विभिन्न जनावरका विष, स्वास्थ व्याक्तिका शरिरबाट निस्कने रस आदिबाट बनाइन्छ । माथि भनिएका स्रोतहरुबाट तिनीहरुमा रहेको औषधीय तत्वलाई मात्र छान्ने काम गरिन्छ । यो प्रकृयालाई डाइनामाइजेसन या पोटेन्टाइजेसन भनिन्छ । यसमा औषधीय गुण भएका वस्तुको आवश्यक मात्रामा अल्कोहलमा मिसाएर रस तयार गरिन्छ । त्यो रसलाई मदर टिन्चर भनिन्छ । तयार पारिएको मदर टिन्चरलाई पनि एक भाग मदर टिन्चर र ९९ भाग अल्कोहल मिसाएर नियम अनुसार तलमाथी गरेर हल्लाइन्छ । पुनः एक भाग हल्लाएको अल्ल्कोहल र ९९ भाग शुद्ध अल्कोहल मिसाएर हल्लाइन्छ । यस प्रकार कयौपटक यही प्रकृया दोहोर्याएपछि औषधीको शक्ति ३०, २००, १००० आदि हुँदै जान्छ । यसलाई साधारण भाषामा एम्जी जसरी बुझन सकिन्छ । फरक यति हो की एलोप्याथिकमा कच्चा औषधीको मात्रा धेरै भएमा धेरै एम्जी भनिन्छ भने होमियोप्याथिकमा त्यही कच्चा औषधीको निको पार्ने शतिmको सबै भन्दा सुक्ष्म मात्रालाई धेरै एम्जी भनिन्छ जस्तै २००, १०००, १००००० या लाख पावर । यसको उदाहरणमा, हामी अणुलाई जसरी सुुक्ष्म रुपमा टुक्राएर अधिक शक्तिशाली बम या अन्य अस्त्र बनाउन सक्छौ त्यसरी नै होमियोप्याथिक औषधी पनि बनेका हुन्छन् । र, यी अदृश्य शक्तिमा अझधेरै शक्ति रहेको हुन्छ । हाम्रो शरीरमा रहेका रोगका कारण हटाउन सक्ने क्षमता हुन्छ र रोगी त्यो रोगबाट सधैका लागि मुक्त हुन्छ ।

होमियोप्याथिक उपचार पद्धतीको विकास गर्ने या यस सिद्धान्तका जन्मदाता विख्यात एलोप्याथिक डाक्टर सेमुयल क्रिस्चियन फेड्रिक हेनिमैन हुन् । उनी जर्मन राजपरिवारका चिकित्सक थिए । उनैले हालको सबैभन्दा धेरै उपयोगमा आउने चिकित्सा विज्ञानको नाम एलोयाप्थिक दिएका हुन् । पटक पटक एउटै रोग बल्जी रहने कारणबाट उनी विछिप्त भए । एलोप्याथिक चिकित्सा छाडेर नयाँ खोजको क्रममा यो विज्ञानको आविस्कार गरेका हुन् । एउटा पुरानो पुस्तक(कुलैन मेटेरिया मेडिका)मा लेखिएको ‘समानले समानको उपचार सम्भव छ’ भन्ने सिद्धान्त पाए । यस कुराको पुष्टि गर्न उसै पुस्तकमा लेखिएको सिन्कोना वार्कको बोक्राको रस सर्वप्रथम आफैमा परीक्षण गरेर सुरु गरेका थिए । सिन्कोना बार्क भन्ने रुखको बोक्राको सुक्ष्म रसको सेवनबाट औलोको जस्तो कामज्वरो आउछ र त्यसैको अति सुक्ष्म मात्राको सेवनबाट उक्त ज्वरो निको हुन्छ भन्ने कुरा पनि उक्त पुस्तकमा लेखिएको थियो ।
==================================================================================
अर्को प्रश्न उठ्छ सक्छ, कसरी होमियोप्याथिक औषधीले काम गर्छ ? माथि भनिए झै हाम्रो शरीर विभिन्न दृष्य अदृश्य शक्तिहरुको संयोजनबाट बनिएको हुन्छ । विभिन्न प्रकारका हर्मोनहरुको सहकार्यबाट चलेको हुन्छ । यी धेरै अदृश्य नै हुन्छन् अथवा नाङ्गो आँखाले देख्न सकिदैन । यस्तो जटिल संरचना भएको शरीरमा विभिन्न प्रकारका किटाणु या विषणुको प्रवेश या अन्य प्रतिकुल कारणहरुबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ या विभिन्न्न कारणले उक्त शक्ति कमजोर हुनपुगेपछि रोग लाग्छ । परिणाम विभिन्न प्रकारका लक्षण र चिन्हहरु हाम्रो शरीरमा देखापर्न थाल्छन् । त्यस्तो अवस्थालाई हामी विरामी भएको मान्दछौं । विभिन्न प्रकारका लक्षण र चिन्हहरुको आधारमा उस्तै लक्षण र चिन्हहरु भएका होमियोप्याथिक औषधिको क्रमशः रोगी या विरामी व्याक्तिमा सुक्ष्म मात्रामा प्रयोग गर्दा शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता पुनः वढन पुग्छ र रोगका किटाणु या अन्य विरामी पैदा गर्ने शक्ति शरीरमा रहिरहन सक्दैनन् । र हामी विस्तारै स्वस्थ हुन्छौ । यो प्रकृयामा औषधीको चयन गर्दा विरामीका रोगका लक्षणसँगै विरामी व्याक्तिका स्वभाव, इच्छा, विचार, भोक, तिर्खा, निन्द्रा, डर आदिको पनि समानता राखिने हुँदा र सुक्ष्म मात्रमा औषधीको प्रयोग गरिने हुँदा औषधीको कुप्रभाव नगण्य मात्र हुन्छ र औषधीले विरामी व्याक्ति कमजोर हुँदैन । र रोग पनि पुनः बल्जिने सम्भावना न्यून मत्रामा हुन्छ ।
होमियोप्याथिक सिदान्तमा रोगका कारण ब्याक्टेरिया भाइरस मात्र नभएर सोरा, सिफिलिस र साइकोसिसलाई मुख्य कारण मानिन्छ । यी कारणहरुबाटै हाम्रो शरीरमा रोग लाग्छ । त्यसमा पनि सोरा अथवा(इचिङ) भनेको सबै रोगको जननी(सोरा इज द मदर अफ अल क्रोनिक डिजिजेज) हो । रोग भनेको हाम्रो सोचाई, देखाई र भोगाइबाट नै सुरु हुन्छ । हाम्रो विचार स्वच्छ भए रोग कम लाग्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । जब हाम्रो सोच र व्यवहारमा खराव भावना आउन थाल्छ त्यो नै रोगको जरो हो । त्यसले शरीरको कुनै न कुनै अंगमा चिलाउने या अन्य साधारण समस्याको सुरुवात हुन्छ । जसलाई इचिङ भनिन्छ र यो नै प्राय सबै रोगको जरो हो । यसले शरीरिमा मात्र इचिङ ल्याउदैन, विचारमा पनि इचिङ ल्याउछ र जसले हामीलाई यौन उत्तेजान बढाउने र असुरक्षित यौन क्रियाकलाप तर्फ ध्यान मोड्ने गर्छ जसले हामी यौनरोगी हुनपुग्छौं । धेरै पैसा कमाउने होडमा हामी राम्रा नराम्रा काम गर्नुका साँथै खाना पनि धेरै र अस्वस्थकर खाने गर्छौ । साँथमा रक्सी अनि चुरोट पनि चल्छ । मनमा शान्ती नभएपछि शान्ति पाउँन परस्त्री गमन देखि अन्य कुराहरुमा शरीर सामेल हुनथाल्छ । आरामको कमी र व्यामको कमीका कारण मधुमेह, मुटु सम्बन्धी रोग, मृगौला, दम, क्यान्सर, मानसिक रोगहरुको विकास हुनपुग्छ । यस्ता रोगलाई या रोगीलाई होमियोप्याथिक सिद्धान्तमा साइकोसिस भनिन्छ । आजको समयमा एउटै मानिसमा सोरा अथवा मनमा अनेक प्रकारका सोच जसका कारण विषेषता छाला रोग, ग्याष्ट्रिक, मानसिक रोग यसरी नै सिफिलिस अथवा यौन रोग र अन्त्यमा साइकोसिस आप्mनै कारण उत्पन्न भएका नसर्ने रोगहरु देखा पर्छन । त्यसैले यस्ता रोगीलाई होमियोप्याथिकमा कम्पेक्स डिजिज भनिन्छ । र धेरै मानिसहरु यस्तै रोगहरुको मुस्लो बोकेर बाँची रहेका हुन्छन् । यस्ता प्रकारका रोगीलाई यो चिकित्सा पद्धतीमा उपचार गर्दा केहि लामो समय लाग्ने गर्छ । विरामीले धैर्यताका साथमा चिकित्सकको निर्देशनमा होमियोप्याथिक औषधी सेवन गरेमा धेरै रोगबाट मुक्त हुन सकिन्छ ।
अन्त्यमा होमियोप्याथिक उपचार पद्धतीको विकास गर्ने या यस सिद्धान्तका जन्मदाता विख्यात एलोप्याथिक डाक्टर सेमुयल क्रिस्चियन फेड्रिक हेनिमैन हुन् । उनी जर्मन राजपरिवारका चिकित्सक थिए । उनैले हालको सबैभन्दा धेरै उपयोगमा आउने चिकित्सा विज्ञानको नाम एलोयाप्थिक दिएका हुन् । पटक पटक एउटै रोग बल्जी रहने कारणबाट उनी विछिप्त भए । एलोप्याथिक चिकित्सा छाडेर नयाँ खोजको क्रममा यो विज्ञानको आविस्कार गरेका हुन् । एउटा पुरानो पुस्तक(कुलैन मेटेरिया मेडिका)मा लेखिएको ‘समानले समानको उपचार सम्भव छ’ भन्ने सिद्धान्त पाए । यस कुराको पुष्टि गर्न उसै पुस्तकमा लेखिएको सिन्कोना वार्कको बोक्राको रस सर्वप्रथम आफैमा परीक्षण गरेर सुरु गरेका थिए । सिन्कोना बार्क भन्ने रुखको बोक्राको सुक्ष्म रसको सेवनबाट औलोको जस्तो कामज्वरो आउछ र त्यसैको अति सुक्ष्म मात्राको सेवनबाट उक्त ज्वरो निको हुन्छ भन्ने कुरा पनि उक्त पुस्तकमा लेखिएको थियो ।
परीक्षणमा यो र अन्य धेरै औषधीय स्रोत भएका वस्तुको परीक्षण आफैमा र साथीहरुमा गरियो । सिद्धान्त अनुसार सबै त्यसै हुँदै गयो । यो प्रकृयालाई प्रुभिङ भनियो । निरोगी व्यक्तिमा औषधीयुक्त वस्तुको सुक्ष्म मात्रामा प्रुभिङ गर्दा देखिएका लक्षण र चिन्हका आधारमा औषधी तयार गर्न थालियो । यसरी आजसम्म पनि स्वस्थ्य मानिसमा औषधीको परीक्षण(प्रुभिङ) गर्ने एकमात्र होमियोप्याथिक उपचार पद्धतिको विकस भएको हो । यसरी सन १७९६ मा होमियोप्याथिकको जन्म भएको हो । र यही सिद्धान्तलाई सदुपयोग गर्दै आज विभिन्न प्रकारका खोपहरुको विकास भएको हो । विडम्बना नै भन्नु पर्छ यस्तो मनव उपयागी चिकित्सा विज्ञानको नेपालमा एउटा पनि मेडिकल कलेज छैन भने एक मात्र राजा त्रिभुवनबाट स्थापना गरिएको होमियोप्याथिक अस्पताल जुन आफै विरामी अवस्थामा रहन वाध्य पारिएको छ । तर, छिमेकी देश भारतमा १४५ भन्दा वढी होमियोप्याथिक मेडिकल कलेज सचालनमा छन् । र, १ लाखको हाराहरीमा सरकारी होमियोप्याथिक डाक्टर कार्यरत छन् । हालमात्र नेपाल सरकारले होमियोप्याथिक चिकित्सालाई स्थान दिन लागेको छ । यो स्वागत योग्य छ । तर यतीले मात्र हुँदैन, हरेक जिल्ला र गाउँसम्म एकिकृत चिकित्साका रुपमा जोडेर लग्नु नै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रमुख उपाय हो । (लेखक, दमकका पूराना होमियो चिकत्सक हुन् । )