मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

मोरङ,३१साउन । मोरङको बुढीगङ्गा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मोरङको बुढीगङ्गा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को. ३५ प. ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक नेमुवा–३ का ३५ वर्षीय विकासकुमार भगतको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भगतलाई उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याइएको थियो, तर राति चिकित्सकले मृत घोषित गरेका थिए ।
यस्तै, राति नै कोशी लोकमार्गअन्तर्गत बुढीगङ्गा–३ मा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को. २१ प. ८६९२ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा पछाडि सवार विराटनगर–४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्युभएको हो । दुर्घटनामा परेका विश्वासलाई उद्धार गरी तत्काल कोशी अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
सोही मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.