दमक, ३१ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ झापाको अध्यक्षमा रतन थिङलावो लिम्बू मनोनित भएका छन् ।महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले मंगलवार उनलाई महासंघ झापा जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनित लिम्बू झापा, शिवसताक्षी दुधे निवासी हुन् ।
किसान महासंघको संगठन विस्तार गरि तोकिएकै समयमै जिल्ला अधिबेशन गर्ने लगायतको जिम्मेवारी दिदै उनलाई जिल्ला नेतृत्व प्रदान गरिएको मनोनित पत्रमा उल्लेख छ । मनोनित भएका अध्यक्ष लिम्बूले महासंघले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
महासंघलाई सक्रिय बनाउदै केन्द्रीय महाधिबेशन सफल बनाउन अहिले महासंघ देशैभरि संगठन निर्माणमा जुटेको महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईले बताएका छन् ।