
फिदिम, २७ साउन । पाँचथरको फालेलुङ गाँउपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मुवा झरना पछिल्ला दिनहरुमा सर्वसाधारणको आर्कषणको केन्द्र बन्दैगएको छ । यतिबेला मुवा झरना आन्तरिक पर्यटककालागि नयाँ गन्तव्य समेत बनेको छ । प्रकृतिको अनुपम सौदर्यले सजिएको मुवा झरना प्रचार प्रसारको अभाबमा गुमनाम बनेको थियो ।

पछिल्लो समय स्थानीय युवाहरुले मुवा झरनाको प्रचार प्रसारलाई बढु्वा दिनथालेपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढन थालेका छन । सरकारले समेत यस क्षेकको बिकाशमा ध्यान दिन थालेसंगै झरनाको माथिल्लो भागमा झोलुङ्गे पुल निर्माण गरिदिए संगै दृश्यावलोकन गर्न आउनेका भिड एकाएक बढदै गएको छ । ‘झरना हेर्न अघिल्लो बर्षदेखि आन्तरिक पर्यटकहरुको आउने क्रम शुरुभएको दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए । ‘झरनाको आसपासमा अन्य भौतिक पूर्वाधारहरुको विकास गर्न सके यो झरना जिल्लाकै उत्कृष्ठ गन्तव्य बन्नेमा दुई मत नरहेको बान्तवाको भनाई रहेको छ ।
यो झरनामा हिउद बर्खा एकनासले पानी झरिहन्छ । पाँचथरको चचिर्त मुवा खोलाको शिरमा रहेको यो झरनामा बाह्रै महिना पानी बगि रहन्छ । हिउँदमा पानीको बहाव कम भएपनि पानी कहिल्यै नसुक्ने भएकाले झरना प्राकृतिक रुपमै निकै लोभ लाग्दो देखिन्छ ।
राई भासामा मुवाको अर्थ ‘निरन्तर बगिरहने आँसु’ भन्ने हुन्छ । आँसूजस्तै निरन्तर पानी झरीरहने भएकाले झरनाको नाम ‘मुवा’ राखिएको फालेलुङ ६ की वडाध्यक्ष सुजता वान्तवाले बताईन । पछिल्लो समयमा झरना हेर्न दैनिक दर्जनौको संख्यामा पर्यटकहरु आउने गरेको स्थानीय युवक दिपक राईले बताए । ‘पहिले यो ठाँउ सुनसान थियो,’ राईले भने ‘तर अहिले यो झरना हेर्न अहिले मान्छेहरुको भीड बढदैगएको छ।’
झरना आसपासमा पुर्वाधार विकास गर्नका लागि वडा नं। ५ र ६ ले संयुक्त रुपमा बजेट छुट्याएर काम गरेका छन् । उक्त बजेटले झरनासम्म पुग्न सडकको ट्र¥याक खोलीएको छ । गतबर्ष फालेलुङ गाँउपालिकाले पनि झरनामा पूर्वाधार निर्माणका लागि तीन लाख छुट्याएको थियो । झरनालाई फालेलुङको अब्बल पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारले थप चासो दिनुपर्ने स्थानीयहरुको भनाई छ ।
झरनालाई थप प्रचारप्रसार र बिकासका लागि ‘मुवा झरना तीनछाँगे संरक्षण प्रर्बधन समिति’ गठन गरिएको छ । समितिले यो ठाँउलाई पर्यटकीय गन्तव्य बनाउनका लागि काम थालेकोे छ । झरना आफैमा मनामोहक रहेको र केही पूर्वाधारहरु थप गर्न सके सुनमा सुगन्ध थपिएजस्तै हुने स्थानीय युवक जिवन राईको भनाई छ । ‘झरनासम्म पुग्न सडक निर्माण गर्न जरुरी देखिन्छ,’ राईले भने ‘झरनामा स्वीमिङ पुल र रेलिङ निर्माण गर्नका लागि पहल सुरु भएको छ ।’
मुवा झरना नजिकै तीनछाँके झरना लगायत अन्य झरना पनि भएकाले यो ठाँउ झरनामा रमाउने पर्यटकका लागि अब्बल गन्तव्य हो । देशको अन्य स्थानमा भएका झरनाभन्दा मुवा झरना निकै आकर्षक भएकाले संघ, प्रदेश र स्थानीय सरकारले यसको प्रर्र्बधन लागि चासो दिनुपर्ने सर्वसाधारणहरुको भनाई रहेको छ।