कोभिडका विरामीलाई खाना खुवाउने कार्य बन्द

दमक,२६ साउन । कारिताससहित लायन्स क्लवले दुई महिनादेखि सञ्चालन गरिआएको बेलडाँगीको कोभिड अस्पतालमा निशुल्क खाना खुवाउने कार्य बन्द गरेको छ । दमक कोभिड अस्पतालमा उपचार गराउदै आएका बिरामी , तिनका कुरुवा तथा अस्पतालका कर्मचारीहरुलाई गत आषाढ ९ गते देखि नियमित रुपमा खाना खुवाउदै आएको थियो ।

आज कोभिड अस्पताल परिसरमा एक कार्यक्रम गरि नियमित सञ्चालनमा रहेको खाना खुवाउने कार्य औपचारिक रुपमा समापन गरेको हो । कार्यक्रममा वोल्दै कारितास नेपालका क्षेत्रीय प्रबन्धक देवेन्द्र पोख्रेलले कोभिड महामारी बीच मानवीय सहायता गर्न पाउदा खुसी लागेको तथा स्थानीय सरकारसंग अझै हातेमालो गर्न तयार रहेको वताए । महामारीको लडाइमा कारितास नेपालले हाल गरेका र अव गर्ने कार्यहरु समेत बताउदै लायन्स संगको सहकार्यले दमक अस्पतालका बिरामीहरुले पौस्टिक तथा ताजा खाना खान पाएको समेत उल्लेख गरे ।

लायन्स क्लवका निवर्तमान अध्यक्ष दिनेश अग्रवालले कोरोना शुरुवात देखिनै बिभिन्न सहयोगीहरुको सहयोगमा खाना खुवाउदै गरे पनि करिव डेढ महिना पछि कारितास संगको व्यवस्थापनमा खाना खुवाउने कार्य गर्दा सहज भएको बताएका थिए । कारितासको संयोजनमा निकै व्यवस्थित र पौस्टिक खाना खुवाएर सेवा गर्ने लायन्सको मुल मन्त्रलाइ सार्थक पारेको बताउदै यस्ता कार्यमा कारितास संग पुन सहकार्य गर्न पाउने अपेक्षा उनले राखेका थिए ।
त्यस्तै दमक नगरपालिकाकी उपप्रमुख तथा अस्पताल व्यपस्थापन समितिकी अध्यक्ष समेत रहेकी गीता अधिकारीले स्थानीय सरकारले गर्न पर्ने काममा दमकका संघ संस्थाले स्वतफूर्त सहयोग गरिदिएकोमा धन्यवाद दिएकी थिइन् । उनले बिगत करिव दुई महिना देखि कारितासले बिरामी तथा तिनका कुरुवालार्इ खाना खुवाएकोमा धन्यवाद दिईन् । कार्यक्रममा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बु, लाइफ लाइन अस्पतालका सञ्चालक डा.सुर्यनारायण शाह, कारितासका प्रतिनिधि एवम लायन्स सदस्यहरुको उपस्थिति रहेको कारिटासका प्रतिनिधि गोविन्द राज कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.