दमक ,२३ साउन । झापाको कमल गाउँपालिका वडा न.७ स्थित सृजना चोकमा प्रहरी चौकी स्थापनाको तयारी गरिएको छ ।प्रहरी प्रधान कार्यालयमार्फत त्यहाँ अस्थायी प्रहरी चौकी राख्नका लागि अनुमति पाएसंगै चौंकी राख्नका लागि तत्काललाई घर ब्यवस्थापन गरि सुरु गरिएको हो । त्यहाँ हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरी टोली परिचालित हुने छन् ।
हाल भाडाको घरमा चौंकी स्थापना गरिएपनि विस्तारै जँग्गा खोजी गरि भवनसहित चौकीको स्तरन्नतिको काम थाल्ने वडाअध्यक्ष पृथीपति राईले बताए । त्यहाँ अस्थायी प्रहरी चौंकी राख्नका लागि इलाका प्रहरी कार्यालय दमक र पालिकाका अध्यक्ष हुकुमसिंह राईसहितको टोलीले स्थलगत अनुगमन गरि त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिने काम भएको डिएसपी निशान थापाले बताए ।
लामोसमयदेखि त्यस भेगका स्थानीयले शान्तिसुरक्षाका लागि प्रहरीचौंकी राख्न माग गरिआएको र पालिकाले विभागीय कारवाही अगाडी बढाएपछि बल्ल अस्थायी प्रहरी चौंकी राख्ने बन्दोबस्ती मिलेको अध्यक्ष राईले दिए । कार्यालय चाजोपाजोका काम भईरहेकाले अवको एक साता भित्रै चौंकी सञ्चालनमा आउने उनले बताएका छन् ।