किओच बाल अस्पतालमा ‘इएनटी’ सेवा विस्तार

दमक ,२३ साउन । यहाँस्थित किओच दमक बाल अस्पतालमा कान, नाक र घाटी (इएनटी )सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पतालले नवजातदेखि १८ वर्ष सम्म उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरुको इएनटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु गरेको जनाएको छ ।
अस्पतालले दमकमै पहिलो पटक अत्याधुनिक उपकरणद्वारा श्रवण शक्तिको परीक्षण सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. जयमणी श्रेष्ठले बताए । उनका अनुसार यस किसिमको सेवा विस्तार पछि बालबच्चामा हुदैआएका कान नसुन्ने समस्याको पहिचान र उपचारमा सुविधा पुग्ने छ । यो किसिमको समस्या भएका विरामीले विशेषज्ञ इलाज लिन दमक बाहिर जानुपर्ने समस्या रहदैआएको थियो । दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको भवनमा सञ्चालन हुदैआएको यस बाल अस्पतालमा दैनिक दुई सयका हाराहारीमा बालबालिकाहरुले उपचार सेवा लिदैआएको छ ।यसैगरि, अस्पतालमा गर्भमा रहेको शिशुको मुटुको अवस्था जाँच सम्बन्धी सेवा समेत सुचारु गरिसकेको मेसु डा. श्रेष्ठ बताउँछन् ।

Leave a Reply

Your email address will not be published.