
विराटनगर, २१ साउन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउसो १ बजे बस्ने भएको छ । गत असार २५ गते आर्थिक वर्ष ०७८(०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि स्थगित गरिएको बैठक आज दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको जनाएको छ। विधेयकमाथि आजैबाट छलफल शुरु हुने छ।
प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा दर्ता भएका छन्।