
झापा ,१८ साउन । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित विर्तामोडबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हल्दिबारी १ बस्ने २० वर्षिय सुवास न्यौपाने र बिर्तामोड १० ईलामेली टोल बस्ने २४ वर्षिय समिर राई रहेका छन् । सोमबार दिउँसो १ बजे बिर्तामोड ३ मा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले मे. ८ प. ७३९२ नं को मोटरसाइकलमा सवार न्यौपाने र राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीहरुलार्ई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।