दमक,१८ साउन । दमकमा सौर्दन्य सम्बन्धी काम गरिआएका व्यूटिसियनहरुलाई कपाल तथा अनुहारको ट्रिटमेन्टका विषयमा जानकारी दिने उद्देश्यले एक दिने सेमिनार सञ्चालन गरिएको छ ।सिल्क हेयर कम्पन्नी र दमकको न्यू पाथीभरा कस्मेटिक पसलको संयुक्त आयोजनामा सञ्चालित सेमिनारमा दमकसहित यस क्षेत्रका १२० जना विभिन्न पार्लरका व्यूटिसियनहरुको सहभागिता रहेको थियो ।
स्थानीय थ्री इन्क होटलमा आयोजित सेमिनारमा सिल्क हेयरकी सञ्चालक रक्की लामा, कम्पन्नीका प्रतिनिधि गगन दिप लगायतले कपाल तथा अनुहारको सौदन्र्यतामा प्रयोग गरिने श्रृङगारका बस्तुको उचित प्रयोग र सिल्क हेयर कम्पन्नीबाट उत्पादित समानका विषयमा जानकारी दिएका थिए ।उक्त कम्पन्नीको दमकका लागि आधिकारीक विक्रेता न्यू पाथीभरा कस्मेटिक हो ।
दमक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका न्यू पाथीभरा कस्मेटिकका सञ्चालक टिकाराम खतिवडाले श्रृङगारका दुनियामा सिल्क हेयर कम्पन्नीका उत्पादित सामाग्रीहरु सुलभसंगै निकै उपयोगी भएको औल्याँए । सेमिनारले व्यूटिसियनहरुको क्षमता अभिबृद्धिका लागि सघाउँ पुरयाँउने उनको भनाई थियो । सेमिनार उद्घाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको थियो ।