
मानिसको शरीरमा विशेष गरेर २ प्रकारका रोगहरुको अवस्था या सम्भावना रहन्छ । एउटा नयाँ र अर्को पुरानो । नयाँ रोग केहि दिनकालागि शरीरमा देखा पर्छ । जसको उपचार पनि चाडो र प्रभावकारी रुपमा हुनु पर्छ । नभए ज्यान पनि जान सक्छ । धेरै जसो यस्ता रोग केहि दिनको आराम र औषधिको सेवनबाट निको हुन्छन् । जसको मुख्य कारण संक्रमण हो । यिनै रोग मध्ये केहि रोगहरु पटक पटक देखा पर्ने गर्छन् । या शरीरको कुनै एउटा अङ्गमा स्थायी रुपमा बसेर सामन्य जीवनमा प्रभाव या असर देखाउछन् । नयाँ रुपमा आएका रोग निको नभएर लामो समयसम्म शरीरमा रहिरहन्छ भने त्यस्ता रोगलाई पुरानो रोग(क्रोनिक डिजिज) या केहि रोगलाई एलर्जी भनिन्छ । नाक ,कान घाटीको उदाहरण लिने हो भने पुरानो घाटी दुख्ने, पिनास, रुघामर्की लागीरहने, कान पाकीरहने या चिलाउने, बन्द भएको जस्तो भइरहने, नाकमा ऐजेरु(पोलीप) पलाउने, बन्द हुने, टन्सिल वढने, घाटी रातो हुने र दुखिरहने (एलर्जीक प्mयारिन्जाइटिस) मुख्य हुन् । आजकल धेरैजसो महिलाहरुमा देखा पर्ने रोग हो थाइराइड । समयमा थाहा नहुँदा यो रोगका कारण धेरै माहिलाहरुले अनावश्यक औषधी खानु परेको छ भने विभिन्न पीडाबाट गुज्रिनु परिरहेको छ । थाइराइड रोग पनि शरीरलाई सामान्य अवस्थामा राख्ने शक्तिको कमीले हुने या देखापर्ने गर्छ । जसले थाइराइड हर्मोनलाई अनियन्त्रित गर्दछ ।
मानिसका संवेदनशील अंगहरुमा नाक कान र घाटी पनि पर्दछन् । बाहिरी वातावरणसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहने यी अङ्गहरुले विभिन्न प्रकारका वातवरणीय प्रभावको सामना गर्नु पर्दछ । दुषित वातावरणका कारण विभिन्न खाले सरुवा रोग यिनै नाक मुख आदिबाट सर्ने हुन्छ भने शरीरको रोग प्रतिरोधात्मक क्षमता घटदै जाँदा विभिन्न एलर्जीबाट नाक,कान ,घाँटी प्रभावित हुने क्रम वढेर गएको विभिन्न अध्ययनले देखाएको छ । अझ हालै विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपमा रोग सर्ने माध्यम नै नाक र मुख देखिएको छ ।
वातावरणमा फैलिने सरुवा रोगहरु धेरै प्रकारका र केहि समयमै उपचार नपाए ज्यानलेवा पनि हुन्छन् जस्तै क्षयरोग हालै थपिएको कोरोना आदि आदि । विरामी व्यक्तिले खोक्दा या हाँच्छिउ गर्दा नजिकमा रहेको व्यक्तिमा हावा या थुक, खकारको माध्यमबाट सर्ने गर्छ । यो रोगको उपचार समयमा हुन नसके मुत्यु हुनसक्छ । यस्ता धेरै रोगका किटाणुहरुसँग बच्न या आप्mनो सुरक्षा गर्न जान्नु पहिलो महत्वको कुरा हो । दोस्रो, वातावरणको धुलो, धुवा, अस्वस्थ वातावरण र खानपानबाट कसरी बच्ने भन्ने कुराको पनि जानकारी लिएर धेरै प्रकारका सरुवा रोगबाट बच्न सकिन्छ । या नसर्ने तर शरीरमा रहेको रोगलाई वढवा दिन प्रत्यक्ष सहयोग गर्ने कारण(एलर्जन्स)हरुको ज्ञान लिएर पनि विभिन्न रोगबाट वच्न सकिन्छ ।
मानिसको शरीरमा विशेष गरेर २ प्रकारका रोगहरुको अवस्था या सम्भावना रहन्छ । एउटा नयाँ र अर्को पुरानो । नयाँ रोग केहि दिनकालागि शरीरमा देखा पर्छ । जसको उपचार पनि चाडो र प्रभावकारी रुपमा हुनु पर्छ । नभए ज्यान पनि जान सक्छ । धेरै जसो यस्ता रोग केहि दिनको आराम र औषधिको सेवनबाट निको हुन्छन् । जसको मुख्य कारण संक्रमण हो । यिनै रोग मध्ये केहि रोगहरु पटक पटक देखा पर्ने गर्छन् । या शरीरको कुनै एउटा अङ्गमा स्थायी रुपमा बसेर सामन्य जीवनमा प्रभाव या असर देखाउछन् । नयाँ रुपमा आएका रोग निको नभएर लामो समयसम्म शरीरमा रहिरहन्छ भने त्यस्ता रोगलाई पुरानो रोग(क्रोनिक डिजिज) या केहि रोगलाई एलर्जी भनिन्छ । नाक ,कान घाटीको उदाहरण लिने हो भने पुरानो घाटी दुख्ने, पिनास, रुघामर्की लागीरहने, कान पाकीरहने या चिलाउने, बन्द भएको जस्तो भइरहने, नाकमा ऐजेरु(पोलीप) पलाउने, बन्द हुने, टन्सिल वढने, घाटी रातो हुने र दुखिरहने (एलर्जीक प्mयारिन्जाइटिस) मुख्य हुन् । आजकल धेरैजसो महिलाहरुमा देखा पर्ने रोग हो थाइराइड । समयमा थाहा नहुँदा यो रोगका कारण धेरै माहिलाहरुले अनावश्यक औषधी खानु परेको छ भने विभिन्न पीडाबाट गुज्रिनु परिरहेको छ । थाइराइड रोग पनि शरीरलाई सामान्य अवस्थामा राख्ने शक्तिको कमीले हुने या देखापर्ने गर्छ । जसले थाइराइड हर्मोनलाई अनियन्त्रित गर्दछ ।
त्यसैले हरेक मानिसले स्वस्थ सम्बन्धी जानकारी लिनु र केहि समस्या भए बेलैमा चिकित्सकसँग आफुलाई भएको समस्या र हुन सक्ने अन्य समस्याका बारेका जानकारी लिनु अत्यन्तै जरुरी हुन्छ । नाक, कान र घाटीमा हुने केहि रोग र तिनको उपचार विधिका बारेमा तल वर्णन गरिएको छ ।
विषेश गरेर केटाकेटीमा कान पाक्ने समस्या धेरै हुन्छ । यसको उचित जानकारी र उपचार विधि नअपनाएमा बुढोहुन्जेलसम्म पनि कान पाक्ने र कान नसुन्ने समस्या रहिरहन्छ । यसको निदानका लागि कित नाक, कान ,घाटी रोग विषेशज्ञसँग जचाउँने नभए होयिोप्याथिक चिकित्सा अपनाउने । यो विधिबाट कान पाक्ने समस्याबाट सदाका लागि छुटकारा मिल्छ । नाकमा ऐजेरु पलाएमा, नाक बन्द हुने गरेमा धुवा धुलोको प्रभावले असर गरेमा रोग प्रतिरोधात्म क्षमता वढाउने ओषधि या र्अग्यानिक खाध्य पदार्थको सेवन गर्ने र योग अभ्यासमा जोड दिने । ऐजेरुको उपचार एलोप्याथिकमा अप्रेशन भएकाले बल्जिने सम्भावना धेरै हुन्छ । यसमा पनि होमियाप्याथिक उपचार धेरै प्रभावकारी रहेको छ । यसरी नै पिनास अर्को समस्या हो आम मानिसमा । समयमै सही उपचार नभएमा यसले पनि जीवनभर सताउने गर्छ । नाक बन्द हुनु, मध्यान्ह तिर धेरै टाउको दुख्नु, विभिन्न प्रकारका खाध्य पदार्थको सेवनबाट पीडा बल्जिनु जस्तै चिसो खाना या चिसोमा जानु र नुहाउनु । अर्को धेरै मानिसमा देखा परिरहेको समस्या हो घाटी दुख्नु, चिलाउनु, रातो हुनु टन्सिल सुन्निनु, निल्न असजिलो हुनु ।
पटक पटक घाटी सम्बन्धी यस्ता समस्या देखिएमा रगतमा एउटा जाँच गराउनु आवश्यक हुन्छ । त्यो जाँच हो एएसओ टाइटर । यो भनेको एक प्रकारको किटाणुको पटक पटकको आक्रमण हो । जसले मुटुलाई पनि असर गर्ने हुँदा लामो समय देखि या केहि समयको अन्तरालमा कडा घाटी दुखेमा माथि भनिएको जाँच चिकित्सकको सल्लाहमा गराउनु उचित हुन्छ । आन्तरिक शक्तिको कमी भएका विशेष गरेर बालबच्चाहरु घाटी दुख्ने समस्याका कारण मुटु सम्बन्धी रोगबाट पिडित हुनपुग्छन् समयमै घाटी दुख्ने रोगको सहि उपचार नपाएमा । यस्तै माथि भनिएको थाइराइड सम्बन्धी समस्या धेरै देखिन थालेको छ आजकाल । यो रोग के हो र यो रोगका प्रकार बारे सर्वसाधारणमा जानकारी गराउनु जरुरी छ । यसको रक्त परीक्षण पनि केहि महगो समय लाग्ने र सबै ठाउँमा नहुने हँुदा विरामीमा नकरात्मक प्रभाव परेको देखिन्छ । यसको उपचारका बारेमा अन्य(होमियोप्याथिक र अर्युर्बेद) चिकित्सा विद्यामा पनि चासो राख्नु उपयुक्त हुन्छ । किनभने त्यहाँ पनि उपचार हुन्छ भन्ने जानकारी हुनुपर्छ । यो भनेको विरामीको स्वतन्त्रता हो ।
अन्त्यमा, हाम्रो शरीर नै धेरै जसो रोगको नियन्त्रण गर्ने शक्ति हो । शरीरमै रोग प्रतिरोधात्मक क्षमता बन्ने गर्छ । विभिन्न बाहिरी र भित्री कारणले जब शरीर कमजोर हुन पुग्छ । यो अवस्थामा ति बाहिरी तत्वहरु एलर्जीको रुपमा शरीरमा विभिन्न रुपमा देखा पर्न थाल्छन् । विशेष गरेर नाक र घाटीमा हुने एलर्जी जस्तै नाक चिलाउने, धेरै पटक हाँच्छिउ आउने, पातलो पानी जस्तो सिगान बग्ने, अलिकती चिसो हावा या धुलोधुवा सहन नसक्ने, बारबार कान पाक्ने, घाटी दख्ने, अचानक सास फेर्न असहज हुने, जिउ चिलाउने, डाबर आउने जस्ता लक्षणहरु एलर्जी हुन् । यस्ता लक्षणहरुको उपचार गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता वढाउने खालको उपचार गर्दा रोग निको हुन्छ । यसकालागि चिकित्सकले अन्य चिकित्सा विद्याको वारेमा जान्नु जरुरी हुन्छ । हुनत एउटा विधाको चिकित्सकले आप्mनो विद्या मात्र राम्रो र हामीमात्र सफल उपचार दिन सक्छौ भन्ने भान भए पनि आजसम्म कुनै पनि विधा पूर्ण रुपमा सफल नभएको घाम जस्तै छर्लङ छ । त्यसैले हरेक चिकित्सा विज्ञानको पढाई हुँदा अन्य चिकित्सा विज्ञानका बारेमा पनि साराशंमा पढाईनु उचित हुन्छ । यसको फाइदा चिकित्सक र विरामी दुबैमा देखिन्छ । यसको पूर्ति गर्न हरेक कक्षमा स्वास्थ सम्बन्धी जानकारीमूलक पाठ्य सामाग्री राख्नु जरुरी देखिन्छ भने औषधि विज्ञान अध्ययन गर्ने हरेक विधार्थीलाई अन्य विद्याका बारेमा अध्ययन गराउन पाठ्यक्रमको परिवर्तन र जानकारीमूलक सामाग्री राख्नु जरुरी हुन्छ । र, एउटा विद्याको चिकित्सकले अर्को विद्याको चिकित्सकसँग गर्ने व्यवहार र विरामी पठाउँने सहाद्रता हुनु विरामीका लागी राम्रो हो भने चिकित्सकको मानवीय गुण पनि हो ।
(उनी दमकस्थित रीता होमियो क्लिनिक सेन्टरका सञ्चालक हुन् ।