झापाको छ पालिकामा निषेधज्ञा

निषेधज्ञाका कारण सुनसान दमक चौंक


दमक, ११ साउन ।
पछिल्लो समय झापामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि जिल्लाका १५ मध्ये छ वटा पालिकाले निषेधाज्ञा लागू गरेका छन् ।
कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्लाको दमकसहित बिर्तामोड,शिवसताक्षी,कन्काई,वुद्धशान्ति र अर्जुनधारा नगरपालिकाले एक साताका लागि निषेधज्ञा लगाएका छन् ।
दमक,बिर्तामोड,शिवसताक्षीले आजदेखि भने अन्य पालिकाले तीन दिन देखि निषेधज्ञा जारी राखेका छन् । आजदेखि लगाईएको निषेधज्ञाका कारण दमकसहित शिवसताक्षी,बिर्तामोडका वजार,पसल बन्द भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले गरेको खुकुलो निषेधाज्ञालाई अटेर गरि संक्रमण फैलिदै गएपछि स्थानीय पालिकाले आफना पालिका भित्र कडाईका साथ निषेधज्ञा गर्न बाँध्य हुनपरेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए ।
उनले कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमणको आशंका भएकाहरुको परीक्षण गराउन सवै पालिकाले एक हप्तासम्म निषेधज्ञा गरिएको बताए ।
यसैगरि जिल्लाकै बुद्धशान्तिले चारदिन अघिनै निषेधज्ञा लगाएको छ भने अर्जुनधारा नगरपालिकाले कोरोना जोखिम मानिएको शनिश्चरे वजारलाई एक साताका लागि सील गरेको छ ।

Leave a Reply

Your email address will not be published.