
दमक,१० साउन । नेपाली कांग्रेसहितका छ दलीय गठबन्धनले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर भित्रको शैक्षिक,स्वास्थ्य ,विकास निर्माण लगायतका विभिन्न १० वुदेँ माग समावेश गरि दलहरुले स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन् ।
आज नगरपालिकामा पुगेर दलीय गठबन्धनले नगर प्रमुख रोमनाथ ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको कांग्रेस नगर सभापति रोशन विष्टले बताए ।
ध्यानाकर्षण पत्रमा कांग्रेस सभापति विष्ट,माओवादी केन्द्र सचिव तिर्थराज बस्नेत (शंकर ) , नेकपा मालेका नगर अध्यक्ष रुपनारायण न्यौपाने, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराई, संघीय लिम्बूवान मञ्चका जिल्ला सदस्य विकास मगर, नेकपा ( माओवादी ) झापा जिल्ला इन्चार्ज दिपेन गोम्देनले हस्ताक्षार गरेका छन् ।
ध्यानाकर्षण पत्रमा दलहरुले कोरोना महामारीका समयमा सरकारले उपलव्ध गराउदै आएको खोप थप व्यवस्थित गर्नुपर्ने, कोभिड रोकथामको खर्च सार्वजनिक गरिनु पर्ने , शिक्षा ऐन ,नियम विपरीत गठन गरिएको तीन सदस्यीय विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गरि शिक्षा ऐन अनुसार अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।
यसैगरि स्वास्थ्य बिमालाई दमक अस्पतालमा मात्र एकीकृत स्वास्थ्य जाँच कार्यले थप कोभिड लगायतका स्वास्थ्य जोखिम हुदैआएकाले त्यस्तो एकद्धार हटाउनु पर्ने , विकास निर्माण कार्यको अनुगमनमा सर्वपक्षीय प्रतिनिधित्व गरिनु पर्ने, फोहोरमैला संकलन वापत लिदैआएको शुल्क जथाभावी संकलन गरिदैआएकाले त्यसलाई तत्काल बन्द गरिनु पर्ने, नगरपालिकाको राजस्व संकलन सम्बन्धी सवै ठेक्कापट्टा पारदर्शी गरिनु पर्ने, नगरपालिकामा हुदैआएको ढिलासुस्ती र अनियमितता वन्द गरिनु पर्ने तथा नगरपालिकाको ऐन,कानुन विपरीत कर्मचारी नियुक्ति,बढुवा जस्ता कार्य बन्द गर्नुपर्ने माग उल्लेख छ ।