दमक ,३ साउन । पानीमा डुबेर झापाको दमक -८ का ३६ बर्षिय राजु केवटको ज्यान गएको छ ।माछा मार्न भनी हिजो बुधबार दिउँसोदेखि हराएका केवटको आज बिहान घर नजिकैको दिपेनी खोलामा मृत अवस्थामा भेटिएको वडाअध्यक्ष दिपेश दाहालले जानकारी दिए। केवट हराएको खबर पाए लगत्तै शसस्त्र प्रहरीको बिपत् उद्धार टोलि खोजतलासमा परिचालित भएको थियो ।
दिपेनी खोलामा मेटेका घारी भएको कारण उद्वारको काममा कठिनाई हुँदै आएको थियो । प्रहरीको टोलीले बेपत्ताको खोजतलासको क्रममा आज विहान ९ वजे उनको शव फेला परेको र घटनाका बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।