सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी, ३ साउन । सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।धरान–१३ स्थित कोशी लोकमार्गमा भेडेटार तर्फ जादै गरेको प्रदेश १–०२–००२ख ०१६० नम्वरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०२–०४८ प ४९२४ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–२० का १७ बर्षीय समर्पण राई घाईते भई उपचारको लागि स्थानीय बिजयपुर अस्पताल लगिएकोमा अस्पताल पु¥याउना साथ उनको मृत्यु भएको थियो ।
यसैगरी, हरिनगर गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदलयात्री हरिनगर–१ की ५० बर्षीया दुखनीदेवी दासको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.