मेची राजमार्गसहित तमोर करिडोर अवरुद्ध

पाँचथर,२८ असार। बर्षासहित आएको बाढीपहिरोका कारण पूर्वकाृ मेची राजमार्गसहित तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली, इलाम-फिदिम र गणेशचोक -ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट माझीटार-अमरापुरडाँडा सडकखण्ड पनि अवरुद्ध सडक विभागले जनाएको छ ।  यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

विभागका अनुसार संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्गसहित अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.