फैसलाको खुसीयालीमा दमकमा आज साँझ दिपप्रज्जवलन गरिदै

दमक,२९ असार । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसाला प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका विपक्षी पाँच दलीय गठबन्धनले स्वागत गरेका छन् ।
दमक ५ स्थित कांग्रेस पार्टी कार्यालयमा आज विहान बसेको नगर स्तरीय पाँच दलीय गठबन्धनले संविधान ,लोकतन्त्र जोगाउन प्रतिनिधिसभा व्यूत्याउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश प्रति स्वागत गर्ने निर्णय गरेका हुन् ।
पाँचदलीय गठबन्धनमा केन्द्रमा झै नगरका कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल ,संघीय लिम्बूवान मञ्चलगायतका दलीय नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
अदालतको फैसला ऐतिहासिक भएको भन्दै त्यसको खुसीयालीमा आज साँझ ६ वजेदमक चौंकमा दिपप्रज्जवलन गर्ने समेत निर्णय भएको कांग्रेस सभापति रोशन बिष्टले बताएका छन् । दिपप्रज्जवलनमा लोकतन्त्रप्रेमी सवै नगरवासीहरुलाई सामाजिक दुरी कायम गरि उपस्थिति जनाईदिन हुन अनुरोध गर्ने निर्णय भएको संघीय लिम्बुवान मञ्च नेपालका सञ्चार विभाग प्रमुख दिलकुमार लाओतीले बताएका छन् ।
यसैवीच अदालतको फैसलाको विरोधमा सत्तारुढ नेकपा एमाले निकट युवा संघले विरोध जनाउदै हिजो सोमबार साँझ कोणसभा गरेको छ । स्थानीय गणतन्त्र चौकमा भएको कोणसभामा बोल्दै उनीहरुले अदालतको आदेश त्रुतिपूर्ण भएको र कदापि स्वीकार्य नभएको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published.