दमक,२९ असार । दमक -८ स्थित राष्ट्रिय बहुुमुखी सहकारी संस्थाले सहकारीमा पल्स अनुगमन तथा अभिलेख व्यवस्थापन सम्बन्धिको एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय फाइन होटलमा शनिवार आयोजित सो कार्यक्रममा संस्थाले प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय कोशीसँगको सहकार्यमा सञ्चालन गरिएको अभिमुखिकरणमा संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु गरि तीस जनाको सहभागिता थियो ।
संस्थाका अध्यक्ष लक्षुदास राईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका निमित्त रजिष्टार हरिकुमार खत्री, सूचना अधिकारी मोहन भट्टराई र सहकारी अधिकृत मनोज कार्कीेले सहकारीमा पल्स अनुगमन प्रणाली सम्बन्धि व्यवस्थाका बारेमा जानकारीमूलक प्रशिक्षण दिएका थिए । अभिमुखीकरणका क्रममा सहजकर्ताहरुले सहकारी संस्थाहरुमा पल्स अनुगमनको प्रभावकारी अनुगमनले संस्थामा वित्तिय अनुशासन कायम राख्न र संस्थालाई पारदर्शीरुपमा सञ्चालन गर्न मद्धत पुग्ने औल्याए ।
संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको सो तालीमका सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको सचिव दिपेनवाला राईले जनाएका छन् ।
