
इलाम, २९ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जिल्लाको सोयाकमा बाख्रा ब्लक विकास कार्यक्रम सञ्चालन गरिएपछि स्थानीय सिंहदेवी सहकारी संस्था मार्फत व्यावसायीक बाख्रापालन शूर गरिएको छ । यो कार्यक्रम अन्र्तगत यहाँका १८ परिवारले बाख्रापालनका लागि आधुनिक खोर निर्माण गरि सकेका छन ।
भौगोलिक रुपमा समेत बाख्रापालनको लागि उपयुक्त सोयाकलाई बाख्रा पकेट क्षेत्रको रूपमा विस्तार गर्न लागिएको पशुसेवा विज्ञ सञ्जय ढुङ्गानाले बताए । युवापुस्तालाई लक्षित गरि गाउँ घरमानै व्यवसायीक बनाउदै बाख्रापालन व्यवसायलाई विस्तार गर्नलागिए उनको भनाइ छ ।
अहिले सोयाकको एक सय ७५ सदस्य रहेको सहकारी संस्थाका २४ परिवारलाई ४८ वटा बाख्रा उपलब्ध गराइएको छ । सहकारीले बाख्रापालनका लागि उन्नत घाँसका विरुवा वितरण, किसानलाई तालिमका साथै औषधि उपचार र बीमाको समेत व्यवस्था गरेपछि समुदाय स्तरमा कृषकहरूसमेत उत्साहित देखिएका छन । परियोजना मार्फत बाख्रा ब्लक विकास कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इलामले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।