झापामा ५७ संक्रमित, ८७ जना डिस्चार्ज

दमक,२६ असार । पछिल्लो २४ घण्टामा झापामा कोरोनाबाट ५७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार पिसिआर र एन्टिजेन परीक्षणबाट आज १८ महिलासहित ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा फिदिम–१ का ६८ वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार यसरी संक्रमित हुनेमा दमकका ७ महिलासहित १९ जना, बिर्तामोडमा ४ महिलासहित १० जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा ३ महिलासहित ६ जना, अर्जुनधारामा १ जना पुरुष, कमलमा १ महिलासहित २ जना र बाह्रदशीमा १ जना महिला रहेकी छन् ।
योसँगै झापामा संक्रमितको संख्या १४९२९, डिस्चार्ज १३०४५, आइसोलेसनमा १५४२ जना, कुल संक्रमित एन्टिजेन २६४८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३७५ जना र आज निको भएर घर फर्किएका ८७ जना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.