
दमक,२५ असार । योङ कम्युनिष्ट लिग ( वाइसीएल ) कमल गाउँँ कमिटीले आज यहाँ आयोजना गरेको रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ ।
कोरोना महामारीका समयमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन वाईसीएलले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको वाईसीएल कमलका अध्यक्ष नबिन भट्टराईले बताए ।दमकस्थित रेडक्रस सभाहलमा आयोजना गरेको रक्तदानमा ६ महिलासहित ४१ जनाले रगतदान गरेका थिए ।
रक्तदान माओवादी केन्द्रको व्यवस्थापन र नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा माओवादी केन्द्र कमलका सचिव रविन गुरुङ, पार्टी गाउँ कमिटी सदस्य विरेन्द्र तिवारी ,गोविन्द तिवारी, लगनशील कृर्षि सहकारीका अध्यक्ष एलवी विष्ट लगायतले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटी सदस्य गगन पुरी लगायतले प्रमाणपत्र समेत वितरण गरेका थिए । रक्तदानमा पार्टीका नेताहरु दुर्गा चम्लागाई,कर्म पुलामी,प्रताप सुब्बा लगायतको समेत उपस्थिति रहेको थियो ।