
बिर्तामोड,२५ असार । नेकपा एमाले झापाका नेता ज्ञानु प्रसाई सवारी दुर्घटनामा परेर निधन भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले बिर्तामोडका नगर अध्यक्ष हुन् । उनले चलाएको का १६ च ८१८२ नम्बरको कार आफै अनियन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाई गम्भिर घाइते भएका थिए ।
उनको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको थियो ।