‘एक्सन’मा उत्रिए अध्यक्ष राई

कमल, २३ असार । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई विकास निर्माणका योजनाको विषयमा कडा रुपमा उत्रिएका छन् । पालिका भित्रका कतिपय बाटोघाटो, पुलपुलेसाका काममा मापदण्ड अनुसार नभएको भन्ने गुनासा सार्वजनिक भएपछि उनी वास्तविकता बुझन कडा रुपमा उत्रिएका हुन् । उनको साथमा जनप्रतिनिधिसहित प्राविधिक टोली संलग्न छन् ।
आर्थिक बर्षको मसान्त तिर निर्माणका कामहरु सम्पन्न गरिसक्नुपर्ने भएका र हतार हतार गर्दा कतिपय कामकाजमा त्रुटि समेत हुन सक्ने भएकाले उनी स्थलगत एक्सनमा उत्रिएका हुन् ।
उनले केहिदिन यता कार्यालय बसेर भन्दा पालिकाका विभिन्न जनगुनासोहरु सुन्न गाउँटोलमा पुग्दैआएका छन् । अध्यक्षका स्वकीय सचिव रोशन दाहालका अनुसार अध्यक्ष राईले पालिका भित्रका निर्माणाधिन विभिन्न योजनाका विषयमा जानकारी लिने र त्यस लगत्तै आवश्यक कारवाही गरिआएका छन् । शनिवार उनले कमल- २ को छलफल चौक हुदै सेतुमाडी जाने सडक, कमल -५ को पाडाजुंगी हुदै–मङलबारे तर्फ जाने निर्माणाधिन सडकको कामका विषयमा स्थलगत जानकारी लिनुका साथै संझौता अनुसार काम गर्न निर्देशन दिएका थिए । अध्यक्ष राईले सडकका अधिकारी, निर्माण कम्पन्नी तथा स्थानीयहरुको उपस्थितिमा फिल्डमा पुगेर कामको गुणस्तरमा ध्यान दिन सचेत गराएका छन् । पालिका भित्र संघ,प्रदेश सरकारका योजनानै किन नहुन, राम्रो काम भएन भने प्रश्न उठाउदै काम प्रति जवाफदेही वन्न समेत सचेत गरिआएको अध्यक्ष राईले बताएका छन् । उनले भने, ‘विकास निर्माणमा स्थानीयको चासो,पालिकाको अनुगमनका कारण पनि लक्ष्य अनुसार धेरै काम सन्तोषजनक भएका छन्,अझै राम्रा गर्न बाकी छ ’
यसअघि शुक्रवारनै कमल -७ को बाह्घरे,रंगपुर हुदै गोहावारी जोड्ने निर्माणाधिन कालोपत्र सडकको काममा भएको त्रुटिको विषयमा स्थलगत अवलोकन गर्नुका साथै त्तत्कालै सडकको काममा रेखदेख गरिआएको सडक डिभीजन कार्यालयका प्रमुख शुरेस पौडेललाई फोन गरि कामको गुणस्तर कायम गर्न अनुरोध गरेका थिए । संघीय सरकारको रु १८ करोडको लागतमा दमकको गीताञ्जली जेण्डजे कम्पन्नीले काम गरिआएको छ । निर्माणाधिन कालोपत्रको काम हप्तादिन नपुग्दै भत्किन थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published.