नवोदयमा दमक थुलुङ डेन्टलको शिविर,२५५ जनाले लिए सेवा

दमक , ८ असार । झापाको कमल गाउँपालिका वडा न २ ले सञ्चालन गरिआएको विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत दन्त परीक्षण तथा उपचार सेवा कार्यक्रमबाट विद्यार्थीहरु लाभान्दित हुदै गएका छन् ।
दमक थुलुङ डेन्टल क्लिनिकको सहकार्यमा वडा कार्यालयले साप्ताहिक रुपमा एक दिन दन्त परीक्षण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । दन्त शिविर वडाका सामुदायिक तथा संस्थागत सवै बिद्यालयहरुमा सञ्चालन हुने छन् ।

यसैक्रममा शुक्रवार कमल–२ क्याम्पा नवोदय माध्यमिक बजारस्थित विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुको निःशुल्क दन्त परीक्षण तथा दाँत र गिजासम्बन्धी स्वास्थ्य समस्याको पहिचान र परामर्श प्रदान गरिएको छ ।शिविरमा विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुसहित २५५ जनाले सेवा लिएका थिए ।
यसअघि, सो शिविर कमल–२ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा सोही शिविरको आयोजना गरिएको थियो । सो विद्यालयमा ४ सय ४६ जनाले निःशुल्क दन्त परीक्षण गराएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालले जानकारी दिए ।

दमक थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले शिविरमा आएका अधिकाश विद्यार्थीहरुको दाँत र गिजासम्बन्धीका समस्या देखिएको बताईन् । उनका अनुसार क्लिनिकमा शिविरमा सहभागि सेवाग्रहीलाई ओपीडि शुल्क नलाग्ने र अन्य सेवाहरुमा २५ देखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

शिविर शुभारम्भ कार्यक्रममा वडाध्यक्ष अशोक सुब्बाले विद्यालयमा सञ्चालनमा रहेको स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन दन्त परीक्षण कार्यत्रम विस्तार गरिएको बताए । शिविरमा डेन्टल क्लिनिककी डा.थुलुङ, डा. हाङमा लिम्बूसहितका स्वास्थ्यकर्मीहरुको टोलीले प्राविधिक सहयोग पुरयाँएका थिए ।

Leave a Reply

Your email address will not be published.