कमल नगर अस्पतालमा आमा डेन्टलको सेवा प्रभावकारी बन्दै

दमक, ८ असार । झापाको कमल नगर अस्पतालमा सञ्चालित दन्त परीक्षण सम्बन्धी स्वास्थ्य कार्यक्रम प्रभावकारी वन्दै गएको छ । गाउँपालिकाको सहकार्यमा दमकको आमा डेन्टल क्लिीनकले वर्षदिन अघि सञ्चालनमा रहेको दन्त परीक्षण तथा उपचार कार्यक्रम प्रभावकारी वन्दै गएको हो ।

अस्पतालमा डेन्टल सम्बन्धी विशेषज्ञ सेवा साताको आइतवार र विहिबारका दिन गरि दुई दिन सेवा उपलव्ध गराउदै आएको छ । डेन्टलको सेवा नियमित संगै बिशेषज्ञ जाँच तथा उपचारमा जोड दिएपछि सेवा प्रति सर्वसाधारणहरुको आर्कषण वन्दै गएको हो । महिनामा दुई सयका हाराहारीमा दन्त सम्बन्धी विशेषज्ञ सेवा लिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कमल -२ क्याम्पास्थित अस्पतालले बीमासहितको स्वास्थ्य उपचार सेवामा लाभग्राहीलाई थप सेवा पुरयाँउन दन्त सम्बन्धी स्वास्थ्य परीक्षण सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख दिपक दाहालले बताए । अस्पतालमा सुविधा विस्तार शुरु गरेसंगै दन्त सम्बन्धी समस्या भोग्दैआएका सेवाग्राहीलाई थप सुविधा पुगेको उनको भनाई छ ।
उनका अनुसार अस्पतालमा दन्त सम्बन्धी मासिक चार दिन यो सेवा सञ्चालन गरिदै आएको छ । उनले भने,–‘ दन्त सम्बन्धी स्वास्थ्य जाँच सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गएको छ । ’ दन्त सम्बन्धी स्वास्थ्य जाँच, दात र गिजा सम्बन्धी समस्या भएकाहरुको पहिचान र उपचार तथा दन्त एक्सरे लगायतका सेवा उपलव्ध रहेको डेन्टलका सञ्चालक अर्जुन श्रेष्ठले बताए ।

उनका अनुसार दन्त परीक्षण पछि थप उपचार गर्नुपर्ने खालका सेवाग्राहीका लागि ५० प्रतिशतसम्म छुट उपलव्ध गराउदैआएको छ । नाफा मात्र नभएर समाजप्रतिको जिम्मेवारी पूरा गर्न पनि क्लिनिकले त्यस्तो सेवा गर्देआएको उनको भनाई छ । उनले आगामी दिनमा दन्त सम्बन्धी सेवा लाई अझ प्रभावकारी तथा गुणस्तरिय बनाउन पहल गरिने लक्ष्य राखिएको बताए ।

Leave a Reply

Your email address will not be published.