दमक, २ असार । दमक नगरपालिकाले पूर्वका आदिवासी धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आज आइतबार स्थानीय विदा दिएको छ ।कोशीका झापा र मोरङमा बस्दैआएका धिमाल जातिले आफ्नो प्रमुख पर्व आज धुमधामका जातिरी-सिरिजात मनाउँदै छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना निकालेर धिमाल जातिको यस पर्वका अवसरमा आज एक दिनका लागि स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । दमक नगरपालिकाले धिमाल जातिलाई विस २०७५ सालमै प्रथम नागरिक घोषणा गरिएको हो ।
यसैवीच, जात्री मेला र सिर्जात पूजाको अवसरमा दमकसहित मोरङको उर्लाबारी पथरीशनिश्चरे ,बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
विदाका दिन अत्यावश्यक बाहेक नगरपालिका,वडा, स्वास्थ्य संस्था,शैक्षिक संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ ।
यसैगरि, आजनै कोशी प्रदेश सरकारले यस प्रदेशभरिका धिमाललाई लक्षित गरी विदा दिएको छ । प्रदेश सरकारले धिमाल जातिका लागि मात्रै विदा दिने निर्णय लिएको हो ।