दमक,३० जेठ । दमकका व्यवसायी विष्णु साह तेली १० हजार धरौटीमा छुटेका छन्। चार दिन अघि पक्राउ परेका उनी विहिबार धरौटीमा रिहा भएका हुन् । प्रहरीले साहलाई अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको थियो। दमक -७ का किराना व्यवसायी हुन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार इटहरी निवासी जङ्गबहादुर गोस्वामीले आफूमाथि निज साहले कुटपिट गरेको उजुरी दर्ता गरेका थिए । उजुरी लगत्तै निज साहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको थियो। जाहेरीमा गोस्वामीले चार दिनअघि व्यापारको विषयमा दमक –६ को एक पसलमा अन्धाधुन्द कुटपिट गरेको उल्लेख छ ।