जीवन चक्र समाज आस्था कलेज यूनिटको रक्तदान,४० पिन्ट रगत संकलन

दमक,३० जेठ । सामाजिक कार्यमा सक्रिय जीवन चक्र समाज नेपाल आस्था कलेज युनिटले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ ।विश्व रक्त दाता दिवसको पूर्व सन्ध्यामा सो युनिटले कलेज परिषरमा आयोजना गरेको खुल्ला रक्त दानमा १५ जना महिला र २५ जना पुरुष गरि ४० जनाले रगत दान गरेको यूनिटकी सदस्य कृस्ता कार्कीले जानकारी दिईन् ।
जीवन चक्र समाज आस्था युनिटकी पुजा चम्लागाईको अध्यक्षतामा तथा कलेजका अध्यक्ष बलभद्र कोइरालाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कलेज प्रमुख टेकनाथ भण्डारी,जीवन चक्र समाजका कार्यवहाक अध्यक्ष बेनुराज प्रसाई, अनुशासन संयोजक बासु काफ्ले आस्था कलेज सहायक क्याम्पस प्रमुख टिकारामअधिकारी टंक सिटौला, राजेन्द्र अधिकारी, केदार पौडेल, खगेन्द्र दुलाल, सुरेन्द्र भण्डारी लगायत कलेज प्राध्यापक ,बिधार्थीहरुको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखाको प्राबिधिक सहयोगमा ४० प्रिन्ट रगत संकलन भएको सो कार्यक्रममा रक्त दान किन गर्ने ? भन्ने बिषयमा जीवन चक्र समाज स्वास्थ्य संयोजक तथा रेडक्रसकर्मी सिद्धार्थ दाहालले सहजनीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.