दमकमा ‘सक्रिय पत्रकार सञ्जाल ’ गठन

दमक,२५ जेठ । जिल्लाको माइपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरु संगठीत भएका छन् । जिल्लाको माइपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गरिआएका क्रियाशील पत्रकारहरुको भेलाले ‘सक्रिय पत्रकार सञ्जाल ’ गठन गरेका हुन् ।
बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई , सचिवमा चिरन्जीवि घिमीरे ,कोषाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् । यसैगरि सदस्यहरुमा आत्माराम राजवंशी,सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, शुष्मा नेपाली रहेका छन् ।
यसैगरि भेलाले बिमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको सचिव घिमीरेले बताए । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे, दुर्गा पौडेल रहेका छन् ।
यसैगरि ,सोहि भेलाले सचिव घिमीरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेणु अधिकारी, शान नपाल र सुमित भण्डारी रहेका छन् । त्यस अवसरमा बोल्दै पत्रकारका अगुवाहरुले पत्रकारहरुको व्यवसायिक बृद्धिविकमसमा लाग्न सकेमात्र पेशागत सुरक्षा मजवुत हुदै जाने औल्याएका थिए ।
मञ्चको अधिबेशनमा सहभागिता नहुने
भेलाले पत्रकार मञ्च दमकको हुन लागेको अधिबेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ । मञ्चले पत्रकारहरुको पेशागत हितमा काम गर्न नसकेकाले त्यसका अधिबेशन लगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेका छन् । पेशागत हितका सन्दर्भमा सवै पत्रकारजन्य संघसंगठनहरुसंग सहकार्य गरेर अघि बढ्ने निर्णयमा उल्लेख गरिएकोछ ।

Leave a Reply

Your email address will not be published.