
झापा , २५ जेठ । झापामा अप्राकृतिक मैथुन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १ का २४ वर्षिय सुक्लो सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट २०७५ फागुन १ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्धामा फरार सोरेनलाई ६बर्ष ८ महिना २० दिन कैद र पीडितलाई रु१० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाएको थियो ।
फरार रहेका सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानका लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।