पथरीशनिश्चरे, २५ जेठ । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा रेडस्टार मावि सिनीयर प्रथम भएको छ भने जुनियरतर्फ एभरेष्ट बोडिङ्ग स्कुल प्रथम बन्न सफल भएको छ ।
पथरीशनिश्चरे -१ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा शुक्रवार सम्पन्न सो प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो, अरुणोदय माविकी छात्रा समीक्षा तामाङ तेस्रो भईन् भने एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा नाग्मा लिम्बू र प्यागोडा मोडेलकी छात्रा प्रकृति पुरीले सान्तवना स्थान हासिल गरेकी थिइन् ।
यसैगरी, जुनियरतर्फ प्रथम, द्वितीय र द्वितीय क्रमशः एभरेस्ट माध्यमिक विद्यालयकी आभा केरुङ, ब्राइट करियरकी दीपिका धिमाल र रेडस्टार माविका मिसेक राई भए भने सुपर्व अंग्रेजी बोडिङ्ग स्कुलका छात्र प्रिन्स मगर, ग्रेड ग्रेस अङ्ग्रेजी बोडिङ्ग स्कुलका नरेन लिम्बू, बालजागरण बोर्डिङकी जेमिमा राई र भूपु सैनिक माविकी रिया गुरुङले सान्तवना स्थान हासिल गरेकी थिइन् ।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पथरी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले मेडल तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरे ।
सो प्रतियोगितामा नगरका २२ वटै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
यस प्रतियोगिताबाट छनौट भएका विजयी छात्रछात्राहरूले आगामी महिना प्याव्सन मोरङद्वारा आयोजना हुने जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागिता जनाउने पनि प्याब्सन नगरसमिति, पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिए ।
प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कार वितरण समारोहमा पूर्व नगर अध्यक्ष तथा सल्लाहकार सुरेन्द्र लिम्बू, उपेन्द्र कडेंल, समेतको उपस्थिति रहेको थियो। उक्त पुरस्कार वितरण समारोहको सञ्चालन प्याब्सन नगरसचिव सुजन बास्तोलाले सञ्चालन गरेका थिए ।