उज्यालो एजुकेशन फाउण्डेशनद्धारा शिक्षक, विद्यार्थीहरु पुरस्कृत

कमल,२६ जेठ । झापाको कमल गाउँपालिका -६ शान्तिपुरस्थित उज्यालो एजुकेशन फाउण्डेशन बोर्डिङ स्कुलले ६० जना शिक्षक ,कर्मचारी तथा जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
शुक्रवार स्कुलमा एक कार्यक्रम गरि शैक्षिक सत्र २०८० सालमा बिभिन्न कक्षामा उत्कृष्ट अंक हासिल गर्ने साथै बर्षभरीमा खेलकुदका बिभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको हो ।
सोहि अवसरमा स्कुलमा बिगत ३ वर्षदेखि कार्यरत शिक्षिका सृजना लिम्बूलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन स्वरुप नगद पाँच हजारसहित सम्मान गरेको बिद्यालयका फाउण्डर प्रिन्सीपल केशब तिम्सीनाले जानकारी दिए । सो अवसरमा बिद्यालयमा कार्यरत अन्य शिक्षकशिक्षिका तथा कर्मचारीलाई पनि मायाको चिनो र खादा ओढाएर सम्मान गरिएको थियो ।
स्कुलले गएको शैक्षिक सत्रमा उत्कृष्ठ हुने विद्यार्थीसँगै बिभिन्न किसिमका खेल , नृत्य , चित्रकला , नियमित हाजिरी , सरसफाई लगायतमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको थियो । स्कुलकै प्राङ्गणमा भएको सो पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा स्कुलका बिद्यार्थीहरुले नृत्य , गायन , कबिता र बिभिन्न बिषयमा निबन्ध प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सोही बिद्यालयमा सकृय रहेको सगरमाथा बाल क्लवले बिद्यालयलाई पूर्वप्राथमिक उपचार बाकस (फस्ट एड किट ) हस्तान्तरण गरेको थियो भने बिद्यालयको तर्फबाट पनि बाल क्लब सञ्चालनका लागी २ हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावक तथा स्थानीय शैक्षिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
बिद्यालयमा नियमित उपस्थित भएर पठनपाठनमा सहयोग गर्ने शिक्षक , कर्मचारी , पढाइसँगै बिद्यालयमा हुने अतिरिक्त कृयाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने असल तथा जेहेन्दार बिद्यार्थीहरुलाई आगामी वर्षहरुमा पनि प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै लैजाने कार्यक्रम रहेको तिम्सीनाले बताए ।

Leave a Reply

Your email address will not be published.