
दमक, २२ जेठ । दमकमा आज थप १० जना कोरोना संक्रमणबाट मुक्त भएभने ४० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण मुक्त हुनेको संख्या योसंगै ८७२ पुगेको छ । ति मध्ये ४०२ जना सक्रिय संक्रमित छन । हिजो शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३६२ रहेकोमा आज एकैदिन ४० जना नयाँ संक्रमित थपिएपछि संक्रिय स.क्रमितको संख्या ४०२ पुगेको हो ।
नगर स्वास्थ्य शाखाका अनुसार बिहिबार १०१ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा कोरोना संक्रमण पाईएको हो । दमक नगरपालिकामा गएको २५ चैत यता १ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये महिलाको संख्या ६१५ रहेको छ । हाल ३९० जना होम आइसोलेसनमा उपचाररत छन् । त्यस्तै संक्रमणका कारण आज शनिबारसम्ममा २१ जनाको ज्यान गएको छ । ज्यान जानेमा ११ पुरुष र १० महिला छन् ।अन्य सबै विभिन्न अस्पतालमा उपचाररत छन ।
दमकका अस्पतालमा मात्रै कूल ९८ जना संक्रमित उपचाररत छन । ति मध्ये सबैभन्दा धेरै दमक अस्पताल कोभिड उपचार केन्द्रमा छन । त्यसैगरी आम्दा अस्पतालमा २४, लाइफलाइनमा २४ र एडभान्स अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भटटराईले जानकारी दिए ।
नगरपालिकाले कोभिड उपचार केन्द्र बेलडाँगीमा हप्तामा दूई दिन मापदण्डभित्र रहेर कोरोना जाँचका लागि निशुल्क स्वाव संकलन गर्दै आएको छ । कोरोना आंशका गरिएका तथा कोरोना संक्रमितसंग सम्पर्कमा आएकाहरुको परीक्षण गरिदै आएको छ ।