दमक,२१ जेठ । बसको ठक्करबाट झापाको दमकमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ४ बस्ने ३६ वर्षीय मिलन थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसा आज साँझ अन्दाजी ७.२० बजे दमक नगरपालिका वडा न.७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
ठक्करवाट गंभीर घाईते थापालाई उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा राति ८ः४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले ठकर दिने बस चालक गौरादह नगरपालिका वडा न. ४ बस्ने ३२ वर्षीय सरकार टुडु र दुबै सवारी साधनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए।