ज्येष्ठ नागरिक संघ दमक १० को साधारणसभा सम्पन्न

दमक,१७ जेठ । जेष्ठ नागरिक संघ दमक १० नम्बर वडा समितिले आज शनिबार पाचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । स्थानीय निलकष्ठेश्वर शिवालय मन्दिरको सभाहलमा ज्येष्ठ नागरिक सम्मानसहित साधारणसभा सम्पन्न गरेको हो ।

संघका नगर अध्यक्ष लक्ष्मीप्रसाद थपलियाको प्रमुख उपस्थितिमा भएको साधारणसभामा ७८ बर्ष माथिका ९ जना जेष्ठलाई सम्मान समेत गरिएको थियो ।संघका जेष्ठ सदस्य नारदमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका नगर उपाध्यक्ष बेनुप्रसाद चुडाल, सचिव गंगाप्रसाद संग्रौला, कोषाध्यक्ष तुलाराम बाँस्तोला, संघका दमक नगर सल्लाहकार संयोजक रघुनाथ खरेल ,ब्राह्मण समाज नेपाल झापा अध्यक्ष भुपेन्द्र न्यौपाने, संघका पूर्व वडा अध्यक्ष खडगप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

संघका सदस्य डिल्ली निरौलाले स्वागत मन्तब्य राखेका थिए भने संघका वडा सचिव टंकप्रसाद न्यौपाने सञ्चालन गरेका थिए । साधारण सभा सम्पन्न गर्न डाँफे बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी र कलश बचत तथा ऋण सहकारी संस्थाको सहयोग रहेको थियो । संघमा दमक १० मा हाल १ सय बढी आजीवन सदस्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.