दमक तेक्वान्दो डोजाङका आठ खेलाडीले जिते पदक

दमक ,१७ जेठ । दमक तेक्वान्दो डोजाङका आठ जना खेलाडीले झापाको शनिश्चरेस्थित अर्जुनधारामा सञ्चालित जिल्लास्तरिय प्रतियोगितामा विभिन्न उपाधि जितेका छन् । शनिश्चरे तेक्वान्दो डोजाङले आज आयोजना गरेको जिल्लास्तरिय प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका प्रतिष्पर्धी आठै जना खेलाडीहरुले दुई स्वर्ण,पाँच रजत र एक काँस्य गरि आठ पदक जित्न सफल भएका छन् ।

दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालका अनुसार ३२ केजीतर्फ अर्पण धिमाल,४५ केजीबाट रोनी तामाङले स्वर्ण जिते भने ३४ केजीतर्फ आशिष धिमाल, ३६ केजीबाट शुभम अधिकारी,४८ केजीमा सौरभ मगर,५१ केजीमा युजीन मगर र पुम्सेतर्फ शुसन तामाङले रजत पदक प्राप्त गरेका छन् । प्रतियोगितामा ५१ केजीबाट प्रतिष्पर्धी प्रतिक्षा तामाङले काँस्य पदक जित्न सफल भएकी छन् ।

डोजाङका प्रशिक्षकद्धय प्रतिमा तामाङ र कपिल धिमालको नेतृत्वमा विभिन्न वजन समूहका ८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा सहभागी टोलीलाई यातायात तथा खाजाको व्यवस्थापनमा डोजाङका सल्लाहकार संयोजक गजु देवानले सहयोग पुरयाँएका थिए ।

यसअघि प्रतियोगितामा भाग लिने प्रशिक्षकसहित खेलाडीको टोलीलाई सामाजिक अगुवा राजेन्द्र सिटौला, व्यवसायी नन्दराज घिमिरे, डोजाङका सचिव श्याम आचार्य , सदस्य संगम राई लगायतले विदाईसहित शुभकामना दिएका डोजाङका अध्यक्ष धिमालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.