प्रेस युनियनको स्थापना दिवसमा पाँच अग्रज सम्मानित

झापा, १३ जेठ । नेपाल प्रेस युनियन झापा शाखाले ३४ औं स्थापना दिवसको अवसर पारेर संस्थापक राजेश ढुंगानासहित पाँच जना अग्रजलाई एकैसाथ सम्मान गरेको छ ।
स्थापना दिवसका अवसरमा मंगलवार विर्तामोडमा आयोजित कार्यक्रमका बीच युनियनका संस्थापक ढुङ्गानासहित पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाई रहेका छन् ।

युनियन स्थापना लगायत संगठन निर्माणमा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै अग्रजहरुलाई सम्मान गरिएको हो ।उनीहरुलाई कार्यक्रमक नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सम्मान पत्र प्रदान गरेका थिए ।

सोहि अवसरमा युनियन झापाले लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी समेत सम्पन्न गरेको छ ।युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन झापा शाखाका उपाध्यक्ष ईश्वर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष राजेश ढुंगाना, नेपाली काग्रेस झापाका सभापति देउकुमार थेवे, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए।

Leave a Reply

Your email address will not be published.