लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाको नयाँ नेतृत्व,अध्यक्षमा दमकका युवा व्यवसायी खत्री

दमक, १२ जेठ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न संघको प्रथम जिल्ला अधिबेशनले दमकका युवा व्यवसायी चन्द्र खत्रीको अध्यक्षतामा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरेको हो ।

खत्री कांग्रेस दमक ८ वडाका सभापति ,दमक जेसीजका पूर्व अध्यक्ष , दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य ,साथीभाई समूहका कोषाध्यक्ष लगायतका सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
१३ सदस्यीय निर्वाचित जिल्ला समितिको उपाध्यक्षदयमा नयन बराल, हिमाल सिटौला ,सचिवमा ज्योति पौडेल,सहसचिवमा अनिल भट्टराई र कोषाध्यक्षमा उद्धव कुँवर चुनिएका छन् ।

यसैगरी समितिको सदस्यहरूमा गुणराज अधिकारी ,सन्दिप थेबे ,गोपाल बहादुर बस्नेत,शम्भु बोखिम शेरबहादुर श्रेष्ठ ,आशिष बान्तवा, सोमकुमार मेन्याङबो ,चिरनसेन थापा चुनिएका छन् ।

संघका झापा जिल्ला अध्यक्ष केदार गिरीको अध्यक्षता तथा कांग्रेस निकट भौतिक पूर्वाधार निर्माण तथा प्रदेश समितिका सदस्य अग्रज निर्माण व्यवसायी प्रकाश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन उद्घाटनमा वक्ताहरूले निर्माण व्यवसायका क्षेत्रमा संलग्न व्यवसायीहरू संगठित भए मात्र व्यवसायको वृद्धि विकासमा सहयोग पुग्ने जोड दिएका थिए।
यसैवीच, नवनिर्वाचित अध्यक्ष खत्रीले लोकतान्त्रिक व्यवसायीहरुलाई संगठीत गर्दे पेशागत हकहित तथा व्यवसायिक वृद्धिविकासका निम्ति रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.